Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ असार २५ बुधबार १६:२०:००
Read Time : < 1 मिनेट
समाचार

घुस खाएको भन्दै न्यायाधीश विरुद्ध परेको रिट खारेज

Read Time : < 1 मिनेट
२०७६ असार २५ बुधबार १६:२०:००

न्यायाधीश लेखनाथ ढकालविरुद्ध घुस खाएको आरोप लगाउँदै दायर रिट सर्वाेच्च अदालतले खारेज गरेको छ । 

काभ्रेका व्यवसायी उमेश बानियाँले आफुसँग १८ लाख रुपैयाँ घुस खाएको आरोप लगाउँदै ढकालविरुद्ध रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीले रिट खारेज हुने फैसला गरेका हुन् ।

२०७२ सालमा नाकाबन्दीका बेला इन्धन कालोबजारी गर्ने चार अभियुक्तको मुद्दामा आर्थिक चलखेल गरेको अभियोगमा दायर मुद्दामा घुस खाएको भन्दै ढकालमाथि सर्वोच्चमा रिट दायर भएको थियो । काभ्रे जिल्ला अदालतमा न्यायाधीश रहँदा ढकालले आफू र घनश्याम खत्रीसँग घुस लिएको भन्दै व्यापारी बानियाँले गत ७ जेठमा सर्वोच्चमा रिट दायर गरेका थिए । 

रिटमा न्यायाधीश ढकालले बानियाँ र खत्रीसँग जनही नौ लाख घुस लिएको उल्लेख छ । बानियाँले २९ कात्तिक ०७३ मा न्यायपरिषद्मा पनि उजुरी दिएका थिए । उजुरी उपर छानबिन गरी कारबाही गर्न न्यायपरिषद्का सदस्यद्वय पदमप्रसाद वैदिक र रामप्रसाद सिटौलाले प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदनको बेवास्ता गर्दै प्रधानन्यायाधीश अध्यक्ष रहेको न्यायपरिषद्ले ढकालविरूद्धको उजुरीलाई १५ माघ ०७५ मा तामेलीमा राख्ने निर्णय गरेको थियो ।