के मानिसको खुशी आफ्नो जीवनसाथीको शरिरको आकारबाट प्रभावित हुन्छ ? मेक्सिकोको एक विश्वविद्यालयले गरेको अनुसन्धानले भने यसले प्रभाव पार्ने निष्कर्ष निकालेको छ । उनीहरुको अध्ययनको निष्कर्ष छः मोटी महिलासँग विवाह गर्ने पुरुष दुब्ला महिलासँग विवाह गर्ने पुरुषको तुलनामा धेरै खुशी हुन्छन् ।
मेक्सिकोको नेसनल अटोनोमस युनिभर्सिटीको एक समूहले सयौ जोडीहरुमाथि निरन्तर अध्ययन गरेको थियो । यो अध्ययनले दुब्ला महिलाका श्रीमान् भन्दा मोटा महिलाका श्रीमान् १० गुणा बढी खुशी हुने देखाएको छ । साथै, उनीहरु बढी मुस्कुराउने गरेको तथ्य पनि पत्ता लगाएको छ ।
अनुसन्धाताहरुका अनुसार दुब्ला महिलाहरुले आफूलाई कम अभिव्यक्त गर्ने हुँदा यसले जीवनसाथीको खुशीमा प्रभाव पार्छ ।