१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी   नयाँ दिल्ली
२०७६ असार २५ बुधबार १३:५१:००
Read Time : < 1 मिनेट
खेलकुद

फेरि महेन्द्रसिंह धोनीविरुद्ध खनिए युवराज सिंहका पिता योगराज

Read Time : < 1 मिनेट
एजेन्सी   नयाँ दिल्ली
२०७६ असार २५ बुधबार १३:५१:००

भारतीय क्रिकेट टोलीका पूर्वखेलाडी तथा चर्चित क्रिकेटर युवराज सिंहका पिता योगराज सिंह फेरि महेन्द्रसिंह धोनीविरुद्ध खनिएका छन् । आफ्ना छोरा युवराज टोलीमा नपरेदेखि नै योगराज भारतीय टिमका पूर्वकप्तान धोनीप्रति आलोचक रहँदै आएका छन् । 

यसपटक उनले विश्वकप क्रिकेट २०१९ को भारतीय टोलीमा स्थान नपाएको रनामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका अम्बाती रायुडुलाई सम्बोधन गर्दै धोनीविरुद्धको आफ्नो पुरानो कुष्ठा पनि पोखेका हुन् ।

सुरुवाती टोलीमै नपरेदेखि असन्तुष्ट रायुडु शिखर धवन र विजय शंकर चोटग्रस्त भएर टोलीबाट बाहिरिँदा समेत आफूलाई समावेश नगरिएपछि झनै रुष्ट बनेका थिए । धवन र शंकरको स्थानमा युवा खेलाडी रिषभ पन्त र मयंक अग्रवालले टिममा मौका पाएका छन् । 

‘रायुडु मेरो छोरा, तिमीले हतारमा निर्णय लियौ । आफ्नो अवकाश फिर्ता लिऊ र तिनीहरुलाई तिम्रो क्षमता देखाइदेऊ । महेन्द्रसिंह धोनीजस्ता फटाहाहरु सधै रहनु हुँदैन,’ एनएनआइएस स्पोर्टस्सँगको कुराकानीमा भारतीय टोलीबाट एक टेस्ट र ६ एकदिवसीय खेल खेलेका योगराजले भनेका छन् ।