मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ असार २५ बुधबार १२:५५:००
Read Time : < 1 मिनेट
समाचार

संवैधानिक निकायको काममा अवरोध नगर्न लोकसेवा आयोग अध्यक्षको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ असार २५ बुधबार १२:५५:००

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरुको काममा अवरोध नगर्न सरकार र संसदलाई आग्रह गरेका छन् । 

संविधान अनुसार चल्ने लोकसेवा आयोगलगायतका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै संसद र सरकार दुवैको कामलाई सघाउ पुग्ने उनले बताए । संवैधानिक निकायको काम सरकार र संसदलाई सहयोग पु¥याउनु रहेकाले अवरोध गर्न नहुने उनले स्पष्ट पारे । मधेशी आयोगले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै लोक सेवा आयोग, अख्तियार, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरुले उत्कृष्ट कार्य सम्पादन गर्न सक्ने बताए । 

उनले संघीय निजामती सेवा ऐन छलफलको क्रममा रहेकाले त्यसमा सबै समुदायको आरक्षणको स्पष्ट व्यवस्था गर्न ध्यानाकर्षण गराए । आरक्षणसम्बन्धि कतिपय विषय स्पष्ट नभएकाले समावेशी कोटा निर्धारणमा आयोगलाई समस्या पर्ने गरेको उनले उल्लेख गरे । आरक्षणको उचित व्यवस्थाका लागि संघीय निजामती सेवा ऐनमा आवश्यक सुझाव दिन सम्बन्धित आयोगहरुलाई उनले आग्रह गरे । 

मैनालीले नेपालको संविधान समावेशीताका दृष्टिले उत्कृष्ट रहेको उल्लेख गर्दै यसको कार्यान्वयनमा सबै पक्षको ध्यान जानुपर्ने आवश्यक्ता पनि औंल्याए ।