१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २५ बुधबार ०९:२८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

होस्टेल सञ्चालक हुँ : नीतु पोखरेल

अलग पाटो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २५ बुधबार ०९:२८:००

अभिनयमा लाग्नुभन्दा पहिले मैले चाबहिलको ओम अस्पतालअगाडि तीन वर्षसम्म फार्मेसी चलाएँ  । अहेब पढेको हुनाले बुबाको लाइसेन्स लिएर उक्त काम गरेकी हुँ । तर, मनले सिनेमातिर लाग्न चाहिरहेको थियो । फार्मेसीमा मात्र सीमित भएर बस्न सकिनँ र अभिनयतिर लागेँ । 

केही म्युजिक भिडियो हुँदै फिल्ममा काम गरेँ । पाँच वर्ष लगातर फिल्म क्षेत्रमा संघर्ष गरेँ । फिल्ममा जम्न थालेपछि फार्मेसी बन्द गरेँ । फिल्मकै पछाडि लागेर मात्रै पनि पुग्दोरहेनछ । यद्यपि, अहिलेसम्म पनि अभिनयलाई ब्रेक लगाएकी छैन ।

अभिनयले मात्र जीवन नचल्ने ठानेर होस्टेलतिर हात हालेँ । विगत पाँच वर्षदेखि मित्रपार्कमा ‘कृतिका गर्ल होस्टेल’ चलाउँदै आइरहेको छु । अहिले होस्टेलमा ७० जना बस्नुहुन्छ । पेसालाई निरन्तरता दिइरहेकी छु । यसैबीच, जंगबहादुरको कोट र ठमेल डट कम फिल्म खेलेँ । यसले मलाई थप चिनायो । होस्टेलबाट बचेको समय फिल्ममा लगाइरहेकी छु । होस्टेल राम्रै चलिरहेको छ । घरपरिवार खुसी हुनुहुन्छ ।