कूटनीतिज्ञको अनुभव

मेरो पुस्तक

२०७६ असार २४ मंगलबार ११:२९:००

नेपालको कूटनीतिक क्षेत्रको आँखीझ्यालका होस् भने मैले ‘नेपालको कूटनीतिक अभ्यास : राजदूतहरूको अनुभव’ लेखेको हुँ । यसको मंगलबार विमोचन हुँदै छ । नेपाल करिब एक शताब्दी लामो औपचारिक कूटनीतिक अभ्यास गरेको मुलुक हो । लामो समयदेखि स्वतन्त्र कूटनीतिक अभ्यास गर्ने थोरै मुलुकभित्र हामी पनि पर्छौं । तर, ती अनुभवलाई हामीले इतिहासका पानामा सुरक्षित गर्न सकेका छैनौँ ।

केही कूटनीतिज्ञले पुस्तक लेखेका छन् । तर, समग्र विषयवस्तु समेटिएको छैन । मैले आफ्नो कालखण्डमा राम्रो काम गर्नुभएका र उमेरले करिब ८० वर्ष वरिपरि पुगिसक्नुभएका पूर्वराजदूतका अनुभवलाई लिपिबद्ध गरेको छु । नेपालमा जस्तोसुकै सरकार हुँदा या शासनसत्ता परिवर्तन हुँदा पनि हामी सधैँ असंलग्नता र पञ्चशीलको नीतिमा अडिग छौँ । हामीले हाम्रो परिस्थिति र सीमा बुझेर अन्तर्राष्ट्रिय क्षेत्रमा भूमिका निर्वाह गर्दै आएका छौँ । दुई–दुईपटक संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अस्थायी सदस्य निर्वाचित हुँदा होस, अंसलग्न राष्ट्र वा सार्कको नेतृत्व गर्दा होस् सबै अवसरमा हामीले विश्वास राखेका छौँ । 

हामीलाई खड्किने पक्ष भनेको अझै पनि विदेश नीतिलाई अद्यावधिक गरेर समयसापेक्ष बनाउन सकेका छैनौँ । हाम्रा कूटनीतिज्ञले हामी गरिब देश, सानो देश तथा पछौटे र अशिक्षाले बाँधिएको देश भएकाले भन्नेजस्ता मनस्थितिबाट कूटनीतिक वार्ता सुरु गर्छन् । जसले गर्दा हामीलाई मन फुकाएर अघि बढ्नेभन्दा पनि दबिने स्थिति बनेको छ । मेरो पुस्तक कूटनीति, राजनीतिमा रुचि राख्ने मान्छेले पढ्न जरुरी छ । संसारमा घाम नअस्ताउने गरी बेलायती साम्राज्यले आफूलाई विस्तार गरिरहेका वेला नेपाल कसरी स्वतन्त्र रह्यो ? कसरी हामीले विदेश नीति सञ्चालन ग¥यौँ ? भारत–चीनबीच तिक्त सम्बन्ध भएका वेला र युद्ध चल्दा हामीले विदेश नीतिमा कसरी सन्तुलन कायम गर्न  सक्यौँ ? यस्ता इतिहासका पाटा थाहा पाउनका लागि प्रत्यक्षदर्शीको अनुभव, वयान अनुपम छ ।