मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका युएई
२०७६ असार २४ मंगलबार ०८:०३:००
Read Time : < 1 मिनेट
प्रवास

युएईका लागि नेपाली राजदूत  ढकालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका युएई
२०७६ असार २४ मंगलबार ०८:०३:००

संयुक्त अरब इमिरेट्स (युएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री मोहम्मद विन रसिद अल मक्तुमसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति प्यालेस अवुधाबीमा आयोजित एक कार्यक्रमका बीच ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री मक्तुमले ढकालले बुझाएको ओहोदाको प्रमाणपत्र बुझ्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । 

ढकाल गत माघ २९ गते युएईका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका थिए । ढकालले फागुनको अन्तिम सातादेखि युएई आएर कार्यभार सम्हाले पनि ओहोदाको प्रमाणपत्र बुझाउन ढिलाइ भएका कारण औपचारिक कार्यक्रमहरूमा उपस्थिति जनाउने गरेका थिएनन् ।