१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी  इस्लामावाद
२०७६ असार २३ सोमबार १३:२७:००
Read Time : < 1 मिनेट
विश्व

खर्च घटाउन अमेरिका भ्रमणका बेला पाकिस्तानी प्रम इमरान खान होटलमा नबस्ने 

Read Time : < 1 मिनेट
एजेन्सी  इस्लामावाद
२०७६ असार २३ सोमबार १३:२७:००

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो र उच्च पदस्थ सरकारी अधिकारीको अनावश्यक खर्च कटौतीका लागि सुरुदेखि नै विभिन्न पहल गर्दै आएका छन् । पाकिस्तानको अर्थतन्त्र कमजोर रहेकाले अनावश्यक खर्च कटौती गर्ने उनको प्रयासको प्रशंसा पनि भइरहेको छ । 

यस्तोमा खान आगामी जुलाई २१ देखि ३ दिने भ्रमणका लागि संयुक्त राज्य अमेरिका जाँदै छन् । उनले त्यसक्रममा महँगो होटलमा बसेर खर्च बढाउनुभन्दा अमेरिकास्थित आफ्ना राजदूत असाद मजिद खानकै निवासमा बस्ने योजना बनाएको पाकिस्तानी सन्चार माध्यमहरुले जनाएका छन् ।