मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार २३ सोमबार ११:४१:००
Read Time : > 1 मिनेट
प्रदेश

डोल्पामा फेरि टाइफाइडको प्रकोप 

Read Time : > 1 मिनेट
२०७६ असार २३ सोमबार ११:४१:००

डोल्पामा टाइफाइडको प्रकोप देखिएको छ । एक महिनामै  फेरि टाइफाइडको प्रकोप देखिएपछि स्थानीय बासिन्दा र स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । एक सातायता दैनिकजसो टाइफाइडका बिरामी अस्पताल आउन थालेका छन् । दैनिक बिरामी आइरहेको जिल्ला अस्पतालका डा।सिजन रावलले बताए । ‘पाँच–सातजना आइरहेका छन् । अस्पतालमा ठाउँ नै छैन,’ डा.रावलले भने ।

केही बिरामी निको भएर घर फर्किएका छन् भने केहीलाई अस्पतालमै राखेर उपचार भइरहेको छ । एउटै शड्ढयामा दुईजना राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा १४ शड्ढया छन् । अहिले २१ जना बिरामी अस्पताल भर्ना भएका छन् । केहीको भुइँमै उपचार भइरहेको अस्पतालले जनाएको छ । 
एक महिनामै दोस्रोपटक टाइफाइड देखिएपछि समस्या भएको डा.रावलले बताए । ‘अहिलेजस्तै पहिलोपटक प्रकोप फैलिँदा सूचना सन्देश प्रवाह तथा उपचारपछि नियन्त्रणमा आएको थियो । अहिले फेरि उस्तै प्रकोप बढेको छ,’ डा.रावलले भने, ‘महिना दिनमै दोस्रोपटक प्रकोप देखिनु चिन्ताको विषय हो ।’

टाइफाइडका बिरामी बढेसँगै अस्पतालमा औषधि अभाव भएको छ । एकाएक धेरै बिरामी आएकाले औषधि अभाव हुन थालेको अस्पतालले जनाएको छ । ‘आजभोलिजस्तै दिन प्रतिदिन बिरामी आउन थाले भने तीन दिनमै औषधि सकिन्छ,’ डा।रावलले भने ।अहिले टाइफाइड बिरामी परेका ठूलीभेरी नगरपालिकाको वडा नं। २ र ३ का बासिन्दा धेरै अस्पताल भर्ना भएका छन् । दूषित पानीको प्रयोगका कारण प्रकोप बढ्दै गएको पाइएको डा।रावलले बताए । धेरैजसो यार्सागुम्बा संकलन गरेर फर्केका व्यक्ति बिरामी परेका छन् ।

नियन्त्रणका लागि पहल
टाइफाइडको प्रकोप देखिएपछि जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरूको आकस्मिक बैठक बोलाएर नियन्त्रणका लागि पहल गर्न आग्रह गरेको छ । स्वास्थ्य संस्था, खानेपानी, नागरिक समाजका अगुवा, सुरक्षाकर्मीलगायतको बैठकले नियन्त्रणका लागि आ–आफ्नो क्षेत्रबाट पहल थाल्ने निर्णय गरेको छ । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सतर्क राख्ने र स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिन पहल गर्ने निर्णय गरेको छ । त्यस्तै, पानी शुद्धीकरण गरेर मात्रै पिउन सजग गराउने जनप्रतिनिधिलाई आग्रह गरेको छ ।