१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २३ सोमबार १०:५७:००
Read Time : > 3 मिनेट
सेयर बजार

सेयर बजारमा करेक्सन जारी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २३ सोमबार १०:५७:००

गत साताको अन्तिम कारोबार दिन करेक्सन भएर बन्द भएको नेप्सेले यस साताको पहिलो कारोबार दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ । गत साताको मंगलबार र बुधबार नेप्से कुल २६ दशमलव ६४ अंक बढेको थियो । लामो समयपछि बजार बढेपछि अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेका छन् । फलस्वरूप गत साताको बिहीबार र यस साताको आइतबार बजारमा करेक्सन भएको हो । यी दुई कारोबार दिनमा नेप्से कुल १२ दशमलव ७२ अंक करेक्सन भएको छ । बजार ओरालो लागे पनि यस दिन वाणिज्य बैंकहरूमा लगानीकर्ता आकर्षित भएका देखिन्छन् । 

राष्ट्र बैंकको बिग मर्जर नीतिले वाणिज्य बैंकहरूमा लगानीकर्ता आकर्षित भएका हुन् । सबै वाणिज्य बैंकहरूमा यसको प्रभाव नपरे पनि सस्तो सेयरमूल्य भएका र तुलनात्मक रूपमा साना बैंकहरूमा यस दिन खरिद चाप बढेको एक ब्रोकरले बताए । राष्ट्र बैंकले यसै साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । गत जेठमा सार्वजनिक भएको बजेटजस्तै मौद्रिक नीति पनि पुँजी बजारमैत्री हुने लगानीकर्ताको अपेक्षा रहेको छ । मौद्रिक नीतिले पुँजी बजार विस्तार तथा सुधारका नीति सार्वजनिक गरे बजार सकारात्मक गतिमा अघि बढ्ने एक लगानीकर्ताले बताए । 

 बजार सारांश
आइतबार नेप्से परिसूचक ४ दशमलव ४५ अंक घटेर १ हजार २ सय ५६ दशमलव शून्य ४ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ११ अंक घटेर २ सय ७० दशमलव ३५ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ४४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५१ अंक घटेको छ । यस दिन १ सय ७३ कम्पनीको ७ हजार ६ सय ९८ पटकको कारोबारमा ५४ करोड ५ लाख २९ हजार ४ सय ६५ रुपैयाँबराबरको २२ लाख १६ हजार ४ सय ९३ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ४४ दशमलव १७ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 
एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ६५ रहेको छ । यसले नेप्से बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७३ कम्पनीमध्ये ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १७ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 
यस दिनको पिभट विश्लेषण गर्दा भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार २ सय ५२ दशमलव ४६ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार २ सय ४८ दशमलव ८८ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार २ सय ६१ दशमलव ८१ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार २ सय ६७ दशमलव ५८ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

 २ कम्पनीको सेयरमूल्यमा सर्किट
यस दिन कारोबारमा आएका २ कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ । यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो भने जनउत्थान सामुदायिक लघुवित्तको घटेर नकारात्मक सर्किट लागेको हो । यस दिन स्वाभिमानको सेयरमूल्य ४१ रुपैयाँ बढेर ४ सय ५७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, जनउत्थानको यस दिन १ सय ३५ रुपैयाँ घटेर १ हजार ५९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य यस दिन ९ दशमलव २३ प्रतिशत बढेको छ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ । 

 ६ समूहको परिसूचक  रातो, ६ को हरियो
यस दिन कारोबारमा आएका १२ समूहमध्ये ६ समूहको परिसूचक घटेर रातो भएको छ भने ६ समूहको परिसूचक बढेर हरियो भएको छ । निर्जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ७५ प्रतिशत, वित्त समूहको शून्य दशमलव ४४ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव ४१ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव ३३ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव २ प्रतिशत र म्युचुअल फन्ड समूहको शून्य दशमलव १३ प्रतिशत बढेको छ । 

कारोबारमा आएको जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ८३ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्त समूहको शून्य दशमलव ६३ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ५९ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ५२ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव २७ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य ६ प्रतिशत घटेको छ । 

वाणिज्य बैंकहरूको सर्वाधिक कारोबार
यस दिन वाणिज्य बैंकहरूको सेयर कारोबार अन्य कम्पनीहरूको तुलनामा बढी भएको छ । कारोबार रकमका आधारमा उत्कृष्ट १० कम्पनीहरूको सूचीमा सबै वाणिज्य बैंक नै रहेका छन् । यस दिन कारोबार संख्या, कारोबार रकम र सेयर संख्याका आधारमा सिभिल बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ६ सय २३ पटकको कारोबारमा ५ करोड ७९ लाख ८० हजार रुपैयाँबराबरको ३ लाख ७० हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, मेगा बैंकको यस दिन ५ सय ४८ पटकको कारोबारमा ४ करोड ६९ लाख १ हजार रुपैयाँबराबरको २ लाख २१ हजार २ सय ५० कित्ता सेयर किनबेच भएको छ । नेपाल बैंकको कारोबार रकम यस दिन ४ करोड नाघेको छ भने सेन्चुरीको ३ करोड नाघेको छ । कारोबारमा आएका कुमारी र प्रभुको २ करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।