मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मनोज पण्डित
२०७६ असार २३ सोमबार ०७:४४:००
Read Time : > 1 मिनेट
नयाँCity

एनिमल फार्म जस्तै सिंहदरबार

सिंहदरबार–संवाद

Read Time : > 1 मिनेट
मनोज पण्डित
२०७६ असार २३ सोमबार ०७:४४:००

सिंहदरबारसँग कथा छ । फिल्ममा उठाउन मन लागेको तर नसकिएको कथा बोकेर बसेको छ, सिंहदरबार । जहाँ शक्तिको द्वन्द्व भइरहन्छ । यथार्थमा त्यहाँ द्वन्द्व थोरै देखिए पनि हामी ‘स्क्रिन प्ले’मा कैयौँ गुना धेरै देखाउन सक्छौँ । राजनीतिक शक्ति हत्याउन गरिने खिचातानी जनताको हितमा छ या छैन, त्यसको जानकार सिंहदरबार नै हो । सिंहदरबारको ओढारमा बसेर शक्तिको दुरूपयोग÷सदुपयोग कसले कति गरेको छ ? मलाई फिल्ममार्फत सिंहदरबारको कथा भन्न मन छ ।  
सिंहदरबार : एक रहस्य 
सिंहदरबारमाथि दुई विधामा कथा बुन्न सकिन्छ । पहिलो ‘पोलिटिकल थ्रिलर’ र अर्को ‘मोडर्न मिस्ट्री’ । यदि यी दुईवटा विधामै सिंहदरबारमाथि कथानक फिल्म बनाउन सकियो भने भव्य हुन्छ । जस्तै, शक्तिको केन्द्रको रूपमा हामी काठमाडौंलाई हेर्छौं । हामी केन्द्रीकृत राज्य.0 प्रणालीमा छौँ । संघीयताका नाममा बदनाम खेपिरहेको अहिलेको सरकारको काम गर्ने पारा पनि केन्द्रीकृत नै छ । सिंहदरबार केन्द्रीकृत शक्ति हो । जहाँ हाम्रा नेतादेखि कर्मचारीसम्म जनताको सपना दासी भएको छ । 

राणाको अवशेष
सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो ऐयासीका लागि बनाएका थिए । जुन त्यतिवेला एसियाकै सबैभन्दा प्रशासनिक भवन थियो । अहिले पनि यसले परम्परागत राज्य संरचनाको छनक दिन्छ । सिंहदरबारको पर्खालभित्रको ठडिएका घर मात्र घर होइनन् । ती त सिंगो अवधारणा हुन् । जसले राणाकालदेखि श्वास लिइरहेको छ । 

सिंहदरबारको शक्ति
सिंहदरबार बाहिरबाट हेर्दा ढिक्का देखिन्छ । त्यो आवरण रूप मात्रै हो । यसभित्र सबैभन्दा बढी विभाजनको खेल हुन्छ । किनकि, राजनीतिले जहिल्यै विभाजन सिर्जना गर्छ । बाँडफाँटको हिसाबकिताब निकाल्छ । जब विभाजन हुनुपर्ने ठाउँमा सबैभन्दा बढी द्वन्द्व हुन्छ, यस्तो केन्द्रीकृत संरचना नभएको बेस । मलाई लाग्छ यो भत्काइनुपर्छ ।

जर्ज अर्वेलको एउटा चर्चित कृति छ ‘एनिमल फार्म’ । त्यस कृतिमा राजा चाहिन्न भन्दै द्वन्द्व हुन्छ । द्वन्द्वका नेतृत्वकर्ता नै राजा हुन्छन् । यसले नयाँ  राजा बनाइरहन्छ । सिंहदरबार विलासी कामुक युवतीजस्तो लाग्छ । बारम्बार आकर्षित गर्छ । नयाँ–नयाँ लुगा लगाइरहन्छ ।

शक्ति  प्राप्त गर्न हरेकलाई मन हुन्छ । जबसम्म सिंहदरबार रहन्छ, तबसम्म शक्तिको खेल भइरहन्छ । अहिले नेताहरूमा भइरहेको सम्झौता, लुछाचुँडी केवल शक्तिका लागि हो । शक्ति सञ्चित गर्ने एक मात्र ठाउँ सिंहदरबार हो । हरेक मान्छेलाई एक–अर्काको विरुद्धमा लडिरहन प्रेरित गर्ने नै सिंहदरबार हो ।

सिंहदरबार : एक पात्र 
सिंहदबार आफैँमा पात्र हो । आफैँमा कालकार हो । जसले मान्छेलाई घुमाउँछ । खेलाउँछ । जहाँ पुग्न मान्छेमा  भोक जगाउँछ । साँच्चै सिंहदरबार पात्र स्वयंमा अत्यन्तै रोमाञ्चक छ । हामी पात्र भनेर व्यक्ति मात्र ठान्छौँ । तर, पात्र स्थान पनि हुन सक्छ । कुनै पनि भूगोल हुन सक्छ । दृष्टिकोण हुन सक्छ । त्यसैले मलाई सिंहदरबार अत्यन्तै धूर्त, शक्तिशाली, हिंस्रक पात्र लाग्छ । जसको महत्वाकांक्षा असीमित छ । यस्ता पात्रले नै हो, आममानिसलाई पीडा दिने । राजनीतिक खिचातानी, पछौटेपन, दमन, हिंसा, द्वन्द्वजस्ता दुर्घटना यस्तै शक्तिशाली अखडामा सामेल हुन्छन् । यसर्थ, कथानकमा सिंहदरबारले कसरी मान्छेलाई दास बनाइरहेको छ भन्ने देखाउन सकिन्छ । 

सिंहदरबार राजा जन्माउँछ 
जर्ज अर्वेलको एउटा चर्चित कृति छ ‘एनिमल फर्म’ । त्यस कृतिमा राजाहरू चाहिन्न भन्दै द्वन्द्व हुन्छ । द्वन्द्वका नेतृत्वकर्ता नै राजा हुन्छन् । यसले नयाँ राजा बनाइरहन्छ । सिंहदरबार विलासी कामुक युवतीजस्तो लाग्छ । बारम्बार आकर्षित गर्छ । नयाँ–नयाँ लुगा लगाइरहन्छ । मानौँ, मानिसको मूल्य केही पनि छैन । 
एक हिसाबले यो देशका सामान्य मान्छेहरू कुनै महत्व  राख्दैन । कमिला मर्नुजत्तिको अर्थ पनि राख्दैन ।वास्तवमा सिंहदरबारले प्रेम र युद्धलाई प्रतिनिधित्व गर्छ । सिंहदरबार पे्रम देखाउँछ  र द्वन्द्व उत्पन्न गराउँछ । जुनसुकै युद्ध पनि लड्न लगाउँछ । आफ्नै स्वार्थका लागि उग्र बनाउँछ । साँच्चैमा सिंहदरबार बडो रोमाञ्चक कथा बोकेर बाँचेको छ । जुन सिनेमामा देखाउन पहिला सिंहदरबार भत्किनुपर्छ । मलाई यो जर्ज अर्वेलको एनिमल फर्मजस्तै लाग्छ ।
प्रस्तुति : राज सरगम