१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विनायक शाह, वरिष्ठ उपाध्यक्ष, होटेल एसोसिएसन अफ नेपाल
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २२ आइतबार १५:२५:००
Read Time : < 1 मिनेट
नयाँCity

काठमाडौंमा पर्यटकले भोग्ने १० समस्या 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २२ आइतबार १५:२५:००

नेपाल घुम्न आउने पर्यटकले यहाँका समस्या पहिल्यै बुझेका हुन्छन् । धुलो, धुवाँ, ट्राफिकलगायत विषयबारे जानकार हुन्छन् ।

  •  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भइसकेको छ । जहाज ल्यान्ड गर्न आकाशमा आधा घन्टा कुर्नुपर्छ । विमान होल्डमा बस्दा पर्यटक आतंकित हुन सक्छन् ।
  •  पर्यटक विमानस्थलबाहिर निस्केर घन्टौँ कुर्दासम्म पनि ब्यागेज आउँदैन । यो समस्याले पर्यटकलाई नकारात्मक बनाउन सक्छ ।
  •  अध्यागमनमा भिसा लगाउन घन्टौँ लाइन लाग्नुपर्छ । 
  •  बाहिर निस्किनेबित्तिकै ट्याक्सीले तानातान गर्न थाल्छन् । यो गतिविधिले पर्यटक इरिटेड हुन्छन् ।
  •  सडकमा निस्किनेबित्तिकै खाल्डाखुल्डी सडक भेटिन्छ । वर्षात्मा हिलो र हिउँदमा धुलोको सास्ती खेप्नुपर्छ । वर्षामा सडकमै पानी भरिएर पोखरी बनेको हुन्छ ।
  •  सडकमा गाडी जाम हुन्छ । होटेलसम्म पुग्नै घन्टौँ लाग्छ । पर्यटकका लागि स्पेसल बाटो छुट्याउन सकेका छैनौँ ।
  •  पुराना सम्पदासम्म पुग्ने गतिलो एक्सेस छैन । कतिपय सम्पदा मासिइसकेका छन् । भएका सम्पदा पनि संरक्षण गर्न सकिएको छैन ।
  •  गतिलो सार्वजनिक यातायातको सुविधा छैन ।
  •  सहरभित्र फोहोर नै फोहोर देखिन्छ । पर्यटकले नदीमा सङ्लो पानी होइन, ढल बगिरहेको देख्छन् ।
  •  सहरभरि तार असरल्ल झुन्डिएको देखिन्छ । तारले सहर नै कुरूप बनाएको छ । तैपनि सम्बन्धित निकाय चुप छ । 

यी सकारात्मक पक्ष
काठमाडौं विश्वका घुम्न जानैपर्ने सहरको सूचीमा अग्रस्थानमै पर्छ । ऐतिहासिक सम्पदा, सांस्कृतिक धरोहर, चिसो मौसम, हरिया डाँडाका बीचमा रहेको विशाल उपत्यका, उत्तरतिर देखिने मनमोहक हिमाललगायतले पर्यटकलाई सधैं आकर्षित गर्छ । नेपाल घुम्न आउने पर्यटकले यहाँका समस्याबारे पहिल्यै बुझेका हुन्छन् । यहाँको धुलो, धुवाँ, ट्राफिकलगायत विषयबारे जानकार हुन्छन् । त्यसैले त काठमाडौं देखेर जति आश्चर्यचकित हुनुपर्ने हो, त्यति हुँदैनन् । उनीहरूले यसलाई सामान्य रूपमै लिन्छन् ।