Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार २२ आइतबार १३:२९:००
Read Time : > 1 मिनेट
नयाँCity

पात्रभन्दा स्क्रिप्टलाई प्राथमिकता दिन्छु : केकी अधिकारी

Read Time : > 1 मिनेट
२०७६ असार २२ आइतबार १३:२९:००

चर्चित अभिनेत्री केकी अधिकारी अहिले मल्टिस्टार फिल्म ‘छ माया छपक्कै’ को सुटिङमा व्यस्त छिन् । दर्जनौँ फिल्ममा अभिनय गरिसकेकी केकी फिल्म निर्मातासमेत हुन् । केकीसँग नयाँ पत्रिकाका नवीन प्यासीले गरेकोे पात्र संवाद :

स्क्रिप्ट राम्रो भयो भने त्यसको पात्र पनि राम्रै हुन्छ । हुन त हरेक कलाकारलाई फिल्म नै आफ्नो काँधमा बोकेर हिँड्न मन हुन्छ । तर, मेरो प्राथमिकतामा कन्टेन्ट पर्छ । स्क्रिप्टबाट कन्भिन्स भइसकेपछि मात्र पात्र हेर्छु ।

तपाईले गर्न चाहेको ड्रिम पात्र ? 
पहिले म आफ्नो ड्रिम पात्रबारे सोच्थ्येँ । मानसिक रूपमा ठीक नभएको पात्र गर्न मन थियो । तर, हरेक पात्र आफैँमा बलियो हुनेरहेछ । केयरलेस गरेर गर्ने हो भने त अर्कै कुरा, चुनौतीको रूपपमा लिने हो भने हरेक पात्रलाई जीवन्त बनाउन सकिन्छ । 

कुनै त्यस्तो पात्र, जसको जीवन बाँच्न पाए आनन्द हुन्थ्यो भन्ने लाग्छ ? 
हुन त कलाकारलाई फिल्म नै आफ्नो काँधमा बोकेर हिँड्न मन हुन्छ । तर,मलाई पात्रभन्दा पनि कन्टेन्ट भएका फिल्म मन पर्छ । स्क्रिप्ट राम्रो भयो भने त्यसको पात्र पनि राम्रै हुन्छ ।  तर, मेरो प्राथमिकतामा कन्टेन्ट पर्छ । स्क्रिप्टबाट कन्भिन्स भइसकेपछि मात्र पात्र हेर्छु । 

नेपाली फिल्ममा स्क्रिप्टलाई कत्तिको ध्यान दिइन्छ ?
स्क्रिप्ट फिल्मको मेरुदण्ड हो । तर, नेपाली फिल्मको हकमा स्क्रिप्टमा थोरै काम हुन्छ । राम्रो स्क्रिप्टले राम्रो फिल्म बन्न सक्छ । त्यसैले, हामीले स्क्रिप्टमा ध्यान दिन जरुरी छ । अहिले म जुन प्रोजेक्टमा ‘छ माया छपक्कै’ मा काम गरिरहेको छु, यसमा भने पर्याप्त ध्यान दिइएको छ । 

छ माया छपक्कै त मल्टिस्टार फिल्म हो, नोटिस्ड हुन गाह्रो होला कि ?
नोटिस्ड हुनुपर्छ भन्ने पहिला लाग्थ्योँ, अहिले सोचाइ नै फेरिएको छ । मलाई दर्शकले फिल्ममा नोटिस गर्नुप¥यो, पात्र त माइनरिटीको कुरा भयो । मसँग आफैँ मेकर भएर काम गरिसकेको अनुभव छ । मेरो तर्फबाट शतप्रतिशत दिएको छु । फिल्म मल्टिस्टार भए पनि ठूलो कुरा कथा हो । मैले कथामा बग्ने कोसिस गरेको छु ।

पात्रको कारण बाँच्नुको मज्जा बेग्लै होला नि ? 
हामीले धेरै पात्र गर्नुपर्ने हुन्छ । हरेक फिल्ममा फरक पात्र निभाइएको हुन्छ । दर्शकको दिमागबाट पात्रको इमेज निकाल्न पनि चुनौतीपूर्ण हुन्छ । मैले त्यसैमा कोसिस गर्ने हो । दर्शकले मेरो प्रयासलाई माया पनि गर्नुभएको छ । 

पुरानो पात्रको ह्याङओभर कत्तिको अनुभव हुन्छ ? 
मेरो घर विराटनगर हो । काठमाडौंमा जन्मिएर पनि म पूर्वेली लवजमा बोल्थ्येँ । ‘भाग सानी भाग’ मा मैले पश्चिमको लवज पर्दामा उतार्नुपर्ने थियो । त्यसका लागि धेरै मिहिनेत गरेँ, जबकि त्यो मेरो कम्फर्ट जोनभन्दा टाढाको कुरा थियो । पछि त मेरो हरेक बोलीमा पश्चिमेली लवज देखिन थाल्यो । अरूले पनि मलाई पश्चिमको हो भनेर सोध्ने गर्थे । अहिले त पूर्वेलीभन्दा पश्चिमेली लवजमा राम्रोसँग बोल्न सक्छु । 

पात्रको ह्याङ बिर्सिएर अर्को पात्रमा छिर्दा ? 
मचाहिँ फिल्म सुरु हुनुभन्दा पहिलेदेखि नै पात्रमा बाच्नुपर्ने कुरा मान्दिनँ । सुटिङको केही समयअघि रिहर्सल गर्दा प्राकृतिक अभिनय दिन सक्छु जस्तो लाग्छ । अगाडिदेखि नै गरेँ भने दिमाग मेकानिकल हुन्छ जस्तो लाग्छ । म तत्कालै आउने रियाक्सनमा विश्वास गर्छु ।

अहिलेसम्म निभाएका पात्रमध्ये आफूलाई कुन उत्कृष्ट लाग्छ ?
‘भाग सानी भाग’ को सानी, ‘लभसासा’ को सासा, ‘मसान’ को हेलेन । यी पात्र मलाई नै हेरेर लेखिएजस्तो लागेको थियो । आफैँले फिल्म हेर्दा पनि असहज फिल कहिल्यै भएन ।