मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ पौष १८ बुधबार ०७:४२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यस्ता छन् गुगलबारे केही रोचक तथ्य

Read Time : < 1 मिनेट
२०७५ पौष १८ बुधबार ०७:४२:००

-प्रतिवर्ष गुगलमा दुई सय खर्बभन्दा बढी कुरा सर्च गरिन्छ । यसको मतलव प्रत्येक एक सेकेन्डमा ६० हजारभन्दा बढी कुरा खोजिन्छ । 
-गुगल सर्चमा केही कुरा खोजी गर्दा यसको नतिजा देखाउनुअघि गुगलले दुई सयभन्दा बढी साइट ध्यानमा राखी खोजी गर्छ । यो काम यति छिटो गर्छ कि 
एक सेकेन्डमै सबै नतिजा  स्क्रिनमा देखाउँछ । 
-गुगलमा दुई सय बाख्रालाई जागिर दिइएको छ । गुगलले आफ्नो वरिपरि रहेको भूभागमा उम्रेको घाँस खुवाउन बाख्रालाई जागिर दिएको हो । मेसिनले घाँस काट्दा आवाज र धुलो आउने र गुगलको इनोभेसनमा काम गर्ने कर्मचारीलाई डिस्टर्ब हुने भएकाले बाख्राको प्रयोग गरिएको हो । 
-इन्टरनेटमा प्रत्येक वेबसाइट प्रयोगकर्ताले आफ्नो वेबसाइट सबैभन्दा धेरै प्रयोग गरून् भन्ने चाहन्छन् । तर, गुगल मात्रै एउटा यस्तो साइट हो, जसले प्रयोगकर्ताले साइटमा बिताउने समय घटाइरहेको छ । 
-गुगलको भिडियो सेवा युट्युब पनि निकै चर्चित छ । तथ्यांकअनुसार विश्वमा हरेक महिना ६ अर्ब घन्टा युट्युबमा भिडियो हेरिन्छ । यो भनेको विश्वमा हरेक मानिसले एक महिनामा झन्डै १ घन्टा  भिडियो हेर्छन् । 
-गुगल सर्चमा राखिएको सामग्रीको सूचीको आयतन १० करोड गिगाबाइट छ ।