१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २० शुक्रबार २०:१८:००
Read Time : < 1 मिनेट
समाचार

अस्पताल भर्ना भएकी काठमाडाैं महानगरकी उपमेयर भाेलि डिस्चार्ज हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २० शुक्रबार २०:१८:००

छातीमा समस्या भएपछि अस्पताल भर्ना भएकी काठमाडौं महानगरपालिकाकी उममेयर हरिप्रभा खड्गी शनिबार डिस्चार्ज हुने भएकी छन् । उनलाई हृदयघात भएकाे भन्दै बिहीबार राति नर्भिक इन्टरनेश्नल अस्पतालमा भर्ना गरिएको थियाे । 

उपमेयर खड्गीकाे उपचारमा सलंग्न डाक्टर जेपी जेसवालले खड्गीकाे मुटुमा कुनै समस्या नभएकाे जानकारी दिए । उनले भने, 'उहाँकाे स्वास्थ्यमा कुनै समस्या देखिएकाे छैन, सबै जाँच गर्दा सामान्य नै देखिएकाे छ, ग्यास्ट्रिकले पनि मुटु दुखेकाे हुन सक्छ ।'

घरमै सुतिरहेको बेला अचानक मुटु दुखेपछि उपमेयर खड्गीलाई अस्पतालमा भर्ना गरिएकाे थियाे । उनकाे भाेलि बिहान डिस्चार्ज हुने डा. जेसवालले जानकारी दिए ।