Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २० शुक्रबार १६:११:००
Read Time : < 1 मिनेट
समाचार

विद्युत आपूर्ति कम हुँदा उदयपुर सिमेन्ट उद्योग बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २० शुक्रबार १६:११:००

नेपलाकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत भोल्टेजमा देखिएको समस्याले उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । 

उद्योगको उत्पादन ठप्प हुँदा दैनिक ७५ लाखभन्दा बढी घाटा भएको छ । विद्युतको भोल्टेजमा समस्या आएपछि हाइटेन्शन पावरको मोटर सञ्चालनमा हुन नसक्दा उद्योगको उत्पादन बन्द हुन पुगेको उद्योगले जनाएको छ । 

विद्युतको भोल्टेजमा आएको समस्याले मोटर सञ्चालन बन्द हुन पुगेकाले त्यसको मर्मत र विद्युत व्यवस्थापन नभएसम्म उद्योग बन्द रहने उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले जानकारी दिए । पटक–पटक विद्युत भोल्टेजमा देखिएकोे समस्याले उद्योगलाई नै प्रभावित पारेको छ, भोल्टेजको समस्या कारण बिग्रिएको मोटर मर्मतका लागि बुटवलस्थित नेपाल इञ्जिनियरिङ एण्ड हाइड्रो वर्कशपमा पठाइएको उनले बताए । दैनिक ८ सय १० मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले डेढ वर्षअघि पनि विद्युतभार कटौती हुँदा ठूलो घाटा बेहोरेको थियो । रासस