मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार २० शुक्रबार ०९:१७:००
Read Time : < 1 मिनेट
खेलकुद

राप्रपा अध्यक्ष थापा फाइनलमा

Read Time : < 1 मिनेट
२०७६ असार २० शुक्रबार ०९:१७:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भुटानमा सञ्चालन भइरहेको पाँचौँ भारत–भुटानमैत्री टेनिस प्रतियोगिताको फाइनलमा पुगेका छन् । थापा ४५ वर्ष उमेरमाथि भेन्ट्रान्स समूहको अन्तिम चारमा पुगेका हुन् । थापाले बिहीबार सम्पन्न सेमिफाइनलमा दार्जिलिङका देवनम लामालाई ६–१ र ६–२ को सोझो सेटमा हराए । यसअघि प्रतियोगिताको पहिलो खेलमा थापाले भुटानका टासी दोर्जेलाई ७–५ र ७–६ ले पाखा लगाएका थिए । 

पुरुष एकलमा भने थापा भारतीय खेलाडी केने सेवाङसँग ६–० र ६–० को सेटमा पराजित भएका छन् । महिला एकलमा नेपालकी अश्लेषा लिसानेविचले भारतीय खेलाडी वन्टीलाई ४–६, ६–३ र ७–६ को कठिन सेटमा हराइन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका ७२ खेलाडीको सहभागिता छ । प्रतियोगितामा पुरुष एकल, महिला एकल, ४५ वर्षमाथि उमेर समूहको भेट्रान्स एकल खेल समावेश छन् ।