१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १९ बिहीबार १८:१९:००
Read Time : > 1 मिनेट
समाचार

सरकारका प्रवक्ता भन्छन- हल्लाको भरमा 'आइफा अवार्ड' रोक्न समितिले निर्देशन दियाे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १९ बिहीबार १८:१९:००

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हल्लाको भरमा 'आइफा अवार्ड' रोक्न संसदीय समितिले निर्देशन दिएको बताउँदै असन्तुष्टी जनाएका छन् । मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा संचारकर्मीले राखेका जिज्ञासामा उनले संसदीय समितिले अध्ययन नगरी निर्देशन दिएकोमा आक्रोश व्यक्त गरे । 

‘आइफामा के भएको थियो र ?,’ मन्त्री बास्कोटाको प्रश्न गरे, ‘संसदीय समितिले विषयको गहिराइमा पुगेर निर्देशन दिनु पर्छ, हल्लाको भरमा जे पायो त्यही भाषा प्रयोग गरेर निर्देशन दिनु राम्रो हुँदैन ।’

मन्त्री बास्कोटाले 'आइफा अवार्ड' विजनेशको प्रश्न भएको उल्लेख गर्दै त्यसमा नेपाल सरकारले आयोजनाका लागि सैद्धान्तिक स्वीकृति मात्रै दिएको उल्लेख गरे । त्यसमा पैसा दिने कुनै निर्णय नगरिएको उनले पटक पटक दोहोर्‍याए । विश्वका विभिन्न २० वटाभन्दा बढी देशहरुमा आयोजना भइसकेको सो अवार्ड कार्यक्रम नेपालमा गरौँ भन्ने प्रस्ताव आएको थियाे । तर, त्यसका मोडालिटीका विषयमा सरकारले छलफल गर्न तयार हुँदाहुँदै संसदीय समितिले हतारहतारमा ‘आकाश खसे जसरी, धर्ती भासिए जसरी’ निर्देशन दिनु आवश्यक नभएको उनको भनाइ छ । 

मन्त्री बास्कोटाले त्यस्ता कार्यक्रम आयोजना गर्दा सरकारले लाभ हानी हेरेरै काम गर्ने बताउँदा पनि संसदीय समितिले त्यसलाई बेवास्ता गरेको आरोप लगाए ।

विप्लव समुह वार्ता गर्न चाहँदैन

मन्त्री बास्कोटाले विप्लव समुहसँग वार्ता गर्न खोजे पनि उसले नचाहेको बताएका छन् । विप्लव समुहको गतिविधिको आलोचना गर्दै उनले लुटपाट र आतंक जारी राखे क्षति व्यहोर्ने चेतावनी दिए । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले विप्लवले समातेको बाटोबाट कही नपुगिने स्पष्ट पारे ।  

पेरुका गोञ्जालोको उदाहरण दिँदै मन्त्रस् बास्काेटाले अतिवाद कसरी सकिन्छ भन्ने कुरा आफूहरुले विगतमा देखेको बताए । विप्लव समूहको गतिविधिबाट दक्षिणपन्थीलाई मात्र फाइदा पुग्ने उनको भनाइ थियो ।