मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १९ बिहीबार १७:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकार आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारीमा छ : मन्त्री महासेठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १९ बिहीबार १७:१४:००

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् । 

बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले विकास, निर्माणका काममा हुने ढिलाईलाई रोक्न सरकार आफैले निर्माण कम्पनी स्थापना गर्ने तयारी गर्नु परेको बताए । उनले एक हप्ता भित्र उक्त विषयमा ठोस निर्णय लिने समितिलाई जानकारी गराए । सरकारले आफ्नै निर्माण कम्पनी बनाए पनि निजी क्षेत्रको कम्पनीलाई प्रोत्साहन गरेर अघि बढने उनले बताए । 

आफूले निर्माण गरेका सडकलगायतका पूर्वाधारको मर्मत सम्हारको जिम्मेवारी पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीहरुलाई दिने नीतिगत निर्णय लिइएकोउनले बताए । 

काठमाडौंमा विद्युतीय सवारी साधन संचालनका लागि कुनै पनि बेला रुट परमिट दिन सरकार तयार रहेको बताउँदै उनले काठमाडौंलाई प्रदुषणमुक्त बनाउन पनि विद्युतीय सवारी साधन संचालन गर्न उपयुक्त हुने बताए । विद्युतीय बस संचालनका लागि आउनेहरुलाई तत्काल उनीहरुले मागे अनुसारको रुटमा परमिट दिन यातायात व्यवस्था विभागलाई निर्देशन दिएको उनले बताए । 

बैठकमा समितिका सदस्यहरुले काठमाडौंको सडकको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री महासेठको चर्को आलोचना गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले १० वर्ष अघि नेतृत्वको सरकारले अघि सारेको काठमाडौं–धार्के सुरुङमार्ग निर्माण परियोजना अझै अघि बढाउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले उक्त परियोजनाको काम तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । 

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले काठमाडौंमा आउने सवारी साधानको उचित व्यवस्थापनका लागि आफूले अघि सारेको उक्त परियोजना किन अघि बढन नसकेको भनि सरकारलाई प्रश्न गरेका थिए ।