मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १९ बिहीबार १५:२७:००
Read Time : < 1 मिनेट
समाचार

एक वर्ष भित्र कमल पोखरी पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १९ बिहीबार १५:२७:००

काठमाडौंस्थित कमल पोखरीको पुनर्निर्माणको काम सुरु गरिएको छ ।

बिहीबार कमलपोखरीमा आयोजना गरिएको एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पोखरीको पुनर्निर्माणको कामको शिलान्याश गरेका हुन् । 

कार्यक्रममा मेयर शाक्यले कमल पोखरीलाई ऐतिहासिक रुपमा पुनर्निर्माण गरेर पर्यटनसँग जोड्ने घोषणा गरे । कमल पोखरी पुनर्निर्माणको काम एक वर्ष भित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराउँदै उनले महानगरपालिका सबै खालको सहयोग उपलब्ध गराउन तयार रहेको बताए । 

कार्यक्रममा कांग्रेस नेता एवम् पूर्वमन्त्री गगनकुमार थापाले कमल पोखरीको पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गर्न आवश्यक सक्रियता बढाउन स्थानीयलाई आग्रह गरे । उनले निर्माण कम्पनीलाई पनि समयमै पोखरीको पुनर्निर्माण नगरे कार्वाही गर्ने चेतावनी दिए । पोखरी निर्माणको लागि निर्माण कम्पनीलाई सबैले सहयोग गर्ने उनले बताए । 

काठमाडौं महानगरपालिका र स्थानीयको सहकार्यमा निर्माण गर्न लागिएको उक्त पोखरी एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।