मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार १२:२७:००
Read Time : < 1 मिनेट
खेलकुद

इपीएल : काठमाडौं प्ले अफमा, भैरहवकाे पहिलाे हार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार १२:२७:००

एभरेष्ट प्रिमियर लिगको शनिबारको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेनले भैरहवा ग्याडियटर्सलाई ७ विकेटले पराजित गरेको छ । भैरहवाले दिएको एक सय ५० रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले ३ विकेटको क्षतिमा १९.१ ओभर खेल्दै एक सय ५३ रन बनाएको हो । जारी प्रतियाेगितामा याे भैरहवाकाे पहिलाे हार हाे ।  

लक्ष्छ पछ्याउने क्रममा काठमाडाैंका लागि अमित श्रेष्ठले  अर्धशतक प्रहार गर्दै ५१ रन बनाए । राेशन मुस्तफाले ३६ रन बनाउँदा केभिन ओ ब्राएन ३३ रनमा नटअाउट रहे । भैरहवाका लागि शरद भेष्वाकर र भुवन कार्कीले समान १/१ विकेट लिए। 

पहिले ब्याटिङ गर्दै भैरहवाले पुरा अाेभर खेल्दै ४ विकेटकाे क्षतिमा एक सय ४९ रन जाेडेकाे थियाे । भैरहवाका लागि इन्दर सिंह सर्वाधिक ८६ रनकाे याेगदान गरे । ६१ बलकाे सामना गर्दै उनले ६ चाैका र ४ छक्का प्रहार गरे । भैरहवाका कप्तान ३९ रनकाे याेगदान गरे । काठमाडाैका लािग जितेन्द्र मुखियाले सर्वाधिक २ विकेट लिए । यस्तै केभिन अाेब्राएन र प्रदीप साहुले समान १/१ विकेट लिए।