१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी  इङल्याण्ड
२०७६ असार १८ बुधबार १८:३३:००
Read Time : < 1 मिनेट
खेलकुद

विश्वकपको अन्तिम खेलपछि धोनीले सन्यास लिन सक्ने !

Read Time : < 1 मिनेट
एजेन्सी  इङल्याण्ड
२०७६ असार १८ बुधबार १८:३३:००

भारत जारी विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा प्रवेश गरिसकेको छ । आठ खेलमा ६ जित र एक रद्द भएपछि अंक बाँडेको भारत १३ अंक जोड्दै सेमिफाइनल प्रवेश गरेको हो । 

भारत फाइनलसम्म पुगेमा अब बढीमा ३ खेल खेल्ने छ । यसैबीच चर्चा चलिरहेको छ कि, भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले विश्वकपको अन्तिम खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने छन् । 

‘धोनीलाई बुझ्न धेरै कठीन छ । हुनसक्छ उनी विश्वकपपछि पनि भारतीय टिमका लागि खेल्न सक्छन् । तर जसरी उनले एकाएक तीन वटै प्रारुपको क्रिकेटमा कप्तानी त्याग्ने निर्णय गरे, त्यसैगरी यो विश्वकपसँगै कुनै निर्णय लिन सक्छन्,’ बीसीसीआईका एक उच्च अधिकारीलाई उद्धृत गरिएको टाइम्स अफ इन्डियाको समाचारमा छ । 

यो विश्वकपमा धोनीको प्रदर्शनलाई लिएर भारतका क्रिकेट लिजेन्ड सचिन तेन्दुलकर र सौरभ गांगुलीले प्रश्न उठाइसकेका छन् । ‘गेम फिनिसर’ को छबि बनाएका धोनीले यसपटक राम्रो प्रदर्शन गर्न नसकेको, सुस्त लयमा खेलेको भनेर उनको आलोचना भएको छ । 

त्यसैले उनी सन् २०२० मा अस्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकपका लागि भारतीय टोलीमा छनौट हुन नसक्ने चर्चा चलिरहेको छ । यस्तोमा ३८ वर्षे धोनीले यही विश्वकपबाट सन्यास लिन सक्ने आँकलन गरिएको छ ।