मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी  नयाँ दिल्ली
२०७६ असार १८ बुधबार १५:२२:००
Read Time : < 1 मिनेट
खेलकुद

विश्वकप टोलीमा नपरेपछि अम्बती रायडुले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

Read Time : < 1 मिनेट
एजेन्सी  नयाँ दिल्ली
२०७६ असार १८ बुधबार १५:२२:००

विश्वकप क्रिकेट २०१९ का लागि भारतीय टोलीमा नपरेपछि मध्यक्रममा ब्याट्सम्यान अम्बती रायडुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । सुरुवाती १५ सदस्यीय टोलीमा नपरेदेखि नै ३३ वर्षे रायडुले दुःख मनाउ गरेका थिए । 

त्यसमाथि शिखर धवन र विजय शंकर चोटका कारण विश्वकपबाट बाहिरिँदा समेत आफूलाई टिममा समावेश नगरेपछि रायडुले निराश हँुदै सन्यासको घोषणा गरेका हुन् । धवन र विजयको स्थानमा भारतीय क्रिकेटका चयनकर्ताले युवा खेलाडी रिषभ पन्त र मयंक अग्रवाललाई टिममा समावेश गरेका छन् । 

रायडुले भारतका तर्फबाट खेलेका ५५ अन्तर्राष्ट्रिय खेलमा ४७.०५ को औसतले १ हजार ६ सय ९४ रन बनाएका छन्, जसमा ३ सतक र १० अर्धसतक सामेल छन् । एक दिवसीय क्रिकेटमा रायडुले नटआउट रहँदै बनाएको सर्वाधिक योगफल १ सय २४ छ ।