१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १७ मंगलबार १७:४३:००
Read Time : < 1 मिनेट
समाचार

ए डिभिजन लिग फुटबल : पुलिस र च्यासल पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १७ मंगलबार १७:४३:००

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको दुई विभागीय टोलीमा एपीएफले पुलिसलाई पराजित गरेको छ । एपीएफको घरेलु मैदान हल्चोकमा मंगलबार भएको खेलमा पुलिस क्लबलाई ४–१ गाेलले हराएको हो । एपीएफको जितमा युवराज खड्काले २ तथा राजेन्द्र रावल र हरि कार्कीले समान १/१ गोल गरे । खेलको २१ औँ मिनेटमा एपीएफले राजेन्द्र रावलको गोलबाट अग्रता लिएको थियो । खेलमा पुलिस क्लब दबाब बनाएकाे थियाे । 

खेलकाे २८ औँ मिनेटमा एपीएफले अग्रतालाई दोब्बर बनायो । कार्कीले डिबक्सभित्रबाट हानेको बल गोल हुन पुगेको थियो । ४३ औँ मिनेटमा हेडमार्फत युवराज खड्काले गोल गर्दै एपीएफलाई ३–० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा तेज तामाङको पासमा अजित भण्डारीले गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरेका थिए । 

दोस्रो हाफमा युवराज खड्काले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई घरेलु मैदानमा शानदार जित दिलाए । काउन्टरमा उनले गोल गर्दै एपीएफलाई महत्वपुर्ण ३ अंक दिलाए । जितपछि एपीएफ १२ खेलबाट २० अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पुलिस १८ अंक छैटौ स्थानमा झरेको छ । 

यस्तै मंगलबार भएको अर्को खेलमा च्यासल युथ क्लब पराजित भएको छ । खेलमा च्यासल क्लब सरस्वती युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएको हो । एन्फा मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा च्यासलले हार व्यहोरको हो । सरस्वतीलाई जित दिलाउन मनिस थापा र फ्रान्सिसले एक एक गोल गरे । च्यासलका सजिन थापा मगरले एक गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।