Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
ट्रिसिअ टिसक
२०७५ पौष १८ बुधबार ०८:००:००
Read Time : > 4 मिनेट
टर्निङ प्वाइन्ट्स-२०१९

सन् २०१८ मा पहिलोपटक भएका २० घटना

Read Time : > 4 मिनेट
ट्रिसिअ टिसक
२०७५ पौष १८ बुधबार ०८:००:००

केही आश्चर्यजनक, गम्भीर र कतिपय मूर्खतापूर्ण घटना तथा प्रवृत्ति भएका छन् ।

क्यानडामा गाँजालाई वैधता
गाँजालाई वैधता दिने विश्वका मुख्य अर्थतन्त्र भएका देशमा क्यानडा पहिलो भएको छ । यस्तो विधेयक पारित गर्नेमा क्यानडा उरुग्वेपछिको दोस्रो मुलुक हो । विधेयक पारित भएसँगै अक्टोबरको मध्यदेखि १८ वर्षमाथिका मानिसले कानुनी रूपमा नै सुक्खा भाङ (क्यानिबस) को फूल र तेल किन्न तथा प्रयोग गर्न पाएका छन् । कानुन पूर्ण रूपमा कार्यान्वयनमा आएसँगै अर्बौँ डलर राजस्व आम्दानी हुने सरकारको विश्वास छ ।
 

एक खर्ब डलर बजारमूल्य हुने पहिलो कम्पनी
यस वर्षको अगस्टमा विश्वप्रसिद्ध ब्रान्ड एप्पल सार्वजनिक रूपमा व्यापार गर्ने कम्पनीमध्ये १ खर्बभन्दा बढी बजारमूल्य हुने पहिलो कम्पनी बन्न सफल भएको छ । त्यसको एक महिनापछि अर्को चर्चित कम्पनी अमेजन एप्पललाई 
पछ्याउँदै कीर्तिमानी नजिक पुगेको थियो । यी कथित सुपरस्टार कम्पनीको उदयले अमेरिकामा लामो अवधिसम्म आर्थिक वृद्धि उत्प्रेरित गर्न सहयोग गरेका छन् । तर, यिनीहरूले मध्यम वर्ग कटौती गर्न र आम्दानीको बढ्दो असमानतालाई पश्रय दिएको हुन सक्ने विज्ञहरूले बताउँदै आएका छन् ।
 

क्यानडामा गाँजालाई वैधता
गाँजालाई वैधता दिने विश्वका मुख्य अर्थतन्त्र भएका देशमा क्यानडा पहिलो भएको छ । यस्तो विधेयक पारित गर्नेमा क्यानडा उरुग्वेपछिको दोस्रो मुलुक हो । विधेयक पारित भएसँगै अक्टोबरको मध्यदेखि १८ वर्षमाथिका मानिसले कानुनी रूपमा नै सुक्खा भाङ (क्यानिबस) को फूल र तेल किन्न तथा प्रयोग गर्न पाएका छन् । कानुन पूर्ण रूपमा कार्यान्वयनमा आएसँगै अर्बौँ डलर राजस्व आम्दानी हुने सरकारको विश्वास छ ।
 

पहिलोपटक ससेज डग म्युजियम खुला
ससेज डगप्रति समर्पित गर्दै दुई पूर्वमालीले उनीहरूकै शब्दमा ‘पहिलो म्युजियम’ खोलेका छन् । दि ड्याकल म्युजियम नाम दिइएको सो म्युजियम जर्मनीको बाभारिअमा छ । म्युजियममा कुकुरअंकित टिकटहरू, कुकुरको आकारका रोटीहरू, माटोका चित्रहरू राखिएका छन् । सानो खुट्टा तर ठूलो शरीर भएको जर्मनीको सबैभन्दा पुरानो नश्लको डाकसुन्ड प्रजातिको कुकुरलाई समर्पित गरिएको छाप तथा अन्य वस्तुसमेत प्रदर्शनमा राखिएको छ ।

स्वचालित कार दुर्घटनामा पहिलोपटक किचिए पैदलयात्री
स्वचालित उबर टेस्ट कारले दक्षिण–पश्चिम अमेरिकास्थित अरिजोनाको टेम्पेमा यसै वर्षको मार्चमा एक पैदलयात्रीलाई किचेको छ । यस घटनालाई स्वचालित गाडीले किचेको पहिलो घटनाको रूपमा लिइएको छ । कारमा ब्याकअप चालक भए पनि न त उनले कारको डिटेक्सन प्रणालीलाई पहिचान गरे, न राडर सिस्टमले नै पैदलयात्रीलाई चिन्न सक्यो । दुर्घटनाको समयमा एक महिला आफ्नो साइकल बोकेर सडक पार गर्दै थिइन् ।

बिक्रीमा चिनियाँ स्मार्टफोनले उछिन्यो एप्पललाई
सन् २०१८ को ६ महिनामा ५ करोड ४० लाख मोबाइल बिक्री गरेर पहिलोपटक चिनियाँ कम्पनी हुवावेले एप्पलको स्मार्टफोन बिक्री दरलाई उछिनेको छ । सो अवधिमा एप्पलले ४ करोड १० लाख मोबाइल बिक्री गर्दै सामसुङलाई पछ्याएको थियो । संस्थागत तथा सरकारी निगरानीको डरले हुवावेले केही हदसम्म अमेरिकालगायत विश्वका केही ठूला बजार अतिक्रमण गर्न नसके पनि कम्पनीको सफलता निकै प्रभावशाली देखिन्छ ।

नयाँ प्रकारको मानवरूप फेला
अनुसन्धानकर्ताहरूले समुद्रमा नयाँ प्रकारको मानवरूप फेला पारेको बताएका छन् । सेल नामक जर्नलका अनुसार दक्षिणपूर्वी एसियामा परम्परागत रूपमा डुंगारूपी घर वा बाँसको कटेरीमा बस्ने बजाउ भनिने मानिसहरूको एउटा समूहबाट अहिलेका असल गोताखोर विकसित भएका हुन् । गोताखोर वा अन्य पेसामा आबद्ध भए पनि उनीहरूको कलेजो उनीहरू बसोवास गर्ने क्षेत्रबाट १५ माइल टाढा देशको भित्री भागमा बस्ने मानिसहरूको भन्दा ५० प्रतिशत ठूलो हुने गरेको अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । ठूलो कलेजो भएका मानिसलाई समुद्री प्राणीसँगै गहिरो डुबुल्की मार्न सहयोग मिल्ने विभिन्न अध्ययनले देखाएका छन् ।

नग्नहरूलाई पेरिस म्युजियमको ढोका खुला
फ्रान्सको राजधानी पेरिसको एउटा म्युजियमले पहिलोपटक विभिन्न नग्न व्यक्तिलाई स्वागत गरेको छ । पेरिस नेचुरिस्ट एसोसिएसनको सहयोगमा आधुनिक कला म्युजियम दी पलाइस डि टोकियो कला म्युजियमले एकपटकका लागि मात्र नग्न व्यक्तिलाई आफ्नो ढोका खोलेको हो । पेरिसमा विश्वकै पहिलो प्रकृतिमैत्री रेस्टुरेन्ट ‘ओ नेचुरल’ छ, जसको स्थापना सन् २०१७ को अन्त्यतिर भएको थियो । त्यस्तै, बर्थ डे सुट लगाउन चाहने व्यक्तिलाई समर्पित गरेर पेरिसको एउटा सार्वजनिक पार्कमा एउटा अलग्गै क्षेत्र छुट्याइएको छ ।

समुद्रको फोहोर निकाल्ने मेसिन
एउटा कलेज–ड्रप किशोरले समुद्रको प्लास्टिकका फोहोर सफा गर्न निर्माण गरेको विश्वको पहिलो मेसिन ‘ग्रेट प्यासिफिक गार्बेज प्याच’ यसै वर्षको सेप्टेम्बरमा अमेरिकामा सञ्चालनमा ल्याइएको छ । अमेरिकाको हवाई र क्यालिफोर्निया राज्यको समुद्री क्षेत्रमा विश्वकै ठूलो समुद्री प्लास्टिकको थुप्रो छ । तर, केही विज्ञले मेसिनले राम्रोभन्दा पनि खराब काम गर्न सक्ने भन्दै चिन्ता जनाएका छन् । प्रदूषण रोक्न सर्वप्रथम प्लास्टिकलाई समुद्रमा बग्न दिनबाट रोक्ने प्रयत्नमा केन्द्रित हुन उपयुक्त हुने उनीहरूको तर्क छ ।

फ्रान्सेली विद्यालयमा स्मार्ट डिभाइस प्रतिबन्ध
फ्रान्सका विद्यालयमा स्मार्ट उपकरण लैजान प्रतिबन्ध लगाउने एउटा कानुन सेप्टम्बरदेखि लागू भएको छ । जसअनुसार ३ वर्षदेखि १५ वर्षका विद्यार्थीले आफ्ना स्मार्टफोन, ट्याबलेट र अन्य डिजिटल उपकरण घरमै राख्नुपर्छ वा विद्यालय क्षेत्रमा बन्द गर्नुपर्छ । तर, असक्त विद्यार्थी र पाठ्यक्रमबाहेकका गतिविधिका हकमा भने यो नियम लागू हुनेछैन । कक्षाकोठामा पढ्ने वेला यसअघि नै स्मार्टफोन प्रयोगमा प्रतिबन्ध भएको भन्दै केही सांसदले नयाँ नियमको उपहास गरेका छन् ।

अफ्रिकी महाद्वीपमा पहिलोपटक फोहोरबाट ऊर्जा उत्पादन 

इथियोपिया फोहोरबाट ऊर्जा उत्पादन गर्ने पहिलो अफ्रिकी राष्ट्र हो । १२ करोड डलरमा निर्मित सो कारखानालाई रेपपाई नाम दिइएको छ । राजधानी आदिस आबाबाबाट केही माइल टाढाको एउटा लेन्डफिल साइटमा निर्मित सो कारखानाको उद्घाटन कार्यक्रममा राष्ट्रपति मुलातु टेसहोमलगायत उच्च तहका सरकारी अधिकारीको सहभागिता थियो । राजधानीमा उत्पादित दैनिक ८० प्रतिशत फोहोर कारखानामा खपत हुने र त्यसबाट कुल आवश्यकताको ३० प्रतिशत ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ ।
 
आइकाले खोल्यो भारतमा पहिलो स्टोर
तयारी फर्निचर, घर तथा किचनका सामग्री वितरक स्विडेनको आइकाले भारतको हैदराबादमा पहिलोपटक भण्डार खोलेको छ । मूल्य कटौती र आफ्नो परम्परागत रणनीति तथा वस्तुहरूको सूची परिवर्तन गर्दै आइकाले भारतीय उपभोक्तालाई क्याफेका सामग्री प्रदान गर्ने भएको छ । विश्वकै सबैभन्दा ठूलो फर्निचर फुटकर विक्रेता आइकाले भारतमा बढ्दो मध्यमवर्गीय मानिसलाई लक्षित गर्दै आगामी दुई वर्षभित्र अन्य तीनवटा स्टोर खोल्ने योजना बनाएको छ ।

रसियाको शक्ति प्रदर्शन
रसियाले यसै वर्ष झन्डै ३ लाख सेना, १ हजार विमान र ९ सय ट्यांक एकै ठाउँमा जम्मा गरेर सैन्य अभ्यास आयोजना गरेको छ । भोस्तोक–०१८ नाम दिइएको सो अभ्यासमार्फत रसियाले शीतयुद्धपछिकै ठूलो शक्ति प्रदर्शन गरेको छ । हेलिकोप्टर र ३२ सय लडाकु पठाएर चीनले पनि सो अभ्यासमा पहिलोपटक सहभागिता जनाएको छ ।

मेक्सिकोको पहिलो रियालिटी शृंखला
मेक्सिको सिटीका नौजना प्रभावशाली व्यक्तिको खर्चिलो र तडकभडक जीवनशैलीलाई अनुकरण गरिएको रियालिटी शृंखला ‘मेड इन मेक्सिको’ सेप्टेम्बरदेखि प्रसारण भएको छ । नेटफ्ल्क्सिको सहयोगमा निर्मित सो शृंखला मेक्सिकोको पहिलो रियालिटी कार्यक्रम हो । यसले दर्शक तथा श्रोताबाट माया पाएको छ, तर केही आलोचकका अनुसार झन्डै आधा जनसंख्या गरिबीमा रहेको मेक्सिकोका सर्वसाधारणले शृंखलाप्रति अभिरुचि देखाएका छैनन् ।

डेनमार्कमा मानिसभन्दा सुंगुर धेरै
डेनमार्कमा मानिसभन्दा सुुंगुरको संख्या धेरै रहेको नयाँ जानकारी यसै वर्ष सार्वजनिक भएको छ । युरोस्टाटले सार्वजनिक गरेको एक तथ्यांकअनुसार डेनमार्कमा प्रत्येक सयजना मानिसबराबर २१५ सुंगुर छन् । सो संस्थाका अनुसार युरोपेली युनियनमा आबद्ध देशमा भएका करिब १५ करोड सुंगुरमध्ये ४० प्रतिशत जर्मनी र स्पेनमा छन् । त्यस्तै, स्पेन सरकारले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार वध गरिएका ५ करोड सुंगुरको तुलनामा देशको जनसंख्या थोरै अर्थात् ४ करोड ६५ लाख छ ।

भारतमा समलिंगी सम्बन्धलाई मान्यता
भारतमा १५० वर्षपछि पहिलोपटक समलिंगी यौनसम्बन्धलाई मान्यता दिइएको छ । समलिंगी यौनसम्बन्धलाई अवैध मान्ने कानुन सर्वोच्च अदालतले असंवैधानिक भएको फैसला गरेको हो । उपनिवेशकालीन ब्रिटिस शासनकालमा लागू भएको सो कानुन मुस्किलले कार्यान्वयन भएको थियो । तर, सो कानुनको आडमा एलिजिबिटी समुदायका व्यक्तिमाथि डरत्रास, यौन दुव्र्यवहार र उत्पीडन हुने गरेको आलोचकले बताएका छन् ।