१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मासा गोन्चारोभा 
२०७५ पौष १८ बुधबार ०८:१५:००
Read Time : > 3 मिनेट
टर्निङ प्वाइन्ट्स-२०१९

सन् २०१९ मा विश्वभर हुने महत्वपूर्ण घटना तथा कार्यक्रम

Read Time : > 3 मिनेट
मासा गोन्चारोभा 
२०७५ पौष १८ बुधबार ०८:१५:००

नेपाल, जनवरी
देशको मातृ मृत्युदर र नवजात शिशु मृत्युदर घटाउने प्रयासस्वरूप नेपालमा पहिलोपटक व्यावसायिक सुँडेनीहरू उत्पादन हुँदै छन् । नेसनल एकेडेमी अफ मेडिकल साइन्स र काठमाडौं विश्वविद्यालयबाट २९ जना विद्यार्थीले सुँडेनी शैक्षिक कार्यक्रम (प्रसूति शिक्षा) को अध्ययन पूरा गर्दै छन् ।

अन्टार्टिका, जनवरी–फेब्रुअरी 
विश्वको सबैभन्दा चिसो, विकट र अनकन्टार अन्टार्टिका प्रायद्वीपस्थित वेडल समुद्र तटमा क्याम्ब्रिज विश्वविद्यालयको स्कट पोलार रिसर्च इन्स्टिच्युटले अनुसन्धान गर्ने भएको छ । अनुसन्धान टोलीले सो बरफले ढाकेको समुद्रको पिँधमा पुगेर समुद्री जीवबारे डाटा संकलन गर्नेछ । सन् १९२२ मा पृथ्वीको दक्षिणी ध्रुवको खोजीमा निस्किएका अन्वेषक अर्नेस्ट स्याकल्टनको दुर्घटनाग्रस्ट इन्डुरन्स पानीजहाजको भग्नावशेषको खोजीसमेत यो टोलीले गर्नेछ । 

इंग्ल्यान्ड, फेब्रुअरी १०    
दुईवटा नयाँ विधामा ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस् अवार्डहरू वितरण हुनेछन् । सर्वोत्कृष्ट बेलायती फिल्म तथा बेलायती लेखक र निर्देशक तथा निर्माताको सर्वोत्कृष्ट फिल्म डेब्युलाई अवार्डले सम्मानित गरिनेछ । 

अमेरिका, फेब्रुअरी १४–१७
फ्रिज ९ँचष्भशभ० को नामले समेत जानिने विश्व आर्ट मेला यसपटक अमेरिकाको लसएन्जलसमा हुने भएको छ । मेलामा विश्वका आर्टप्रेमीको सहभागिता रहनेछ । 

फ्रान्स, मार्च ९–१६
बेल्जियमको म्युजिक फेस्टिभल ‘टुमरोल्यान्ड’को फ्रेन्चाइज फ्रान्स भित्रिनेछ । फ्रान्समा ‘टुमरोल्यान्ड विन्टर’ नाम दिइएको यस फ्रेन्चाइज कार्यक्रमले हजारौँ संगीतप्रेमीलाई आकर्षित गर्ने दाबी आयोजकको छ । संगीतप्रेमीले दिनमा फ्रेन्च एल्प्स हिमाली क्षेत्रमा स्किइङ गर्न र राति इलेक्ट्रोनिक संगीतमा नाच्न सक्नेछन् ।

बेलायत, मार्च २९
बेलायतले युरोपियन युनियनसँगको सम्बन्धविच्छेद कागजमा हस्ताक्षर गर्नेछ । आधिकारिक हस्ताक्षरसँगै लामो समयको ब्रेक्जिट प्रक्रियापछि इयूबाट बेलायत अलगिनेछ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन, अप्रिल
अप्रिलमा एल्सन मस्कको स्पेसएक्सले अन्तरिक्ष टोलीसहित पहिलो परीक्षण उडान भर्नेछ । सोयुन्ज अन्तरिक्षमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा अमेरिकी अन्तरिक्ष टोली पु¥याउने रुसको कन्ट्र्याक्ट सकिएपछि यो उडान हुनेछ । स्पेसएक्सको परीक्षण उडानमार्फत सफल नजिता आए अर्बिटिङ ल्याबमा आफ्नै अन्तरिक्षयात्री पुनः पठाउने क्षमता नासाले प्राप्त गर्नेछ । सन् २०११ मा आफ्नो स्पेस सटलले काम गर्न छोडेपछि नासाले अन्तरिक्षयात्री पठाउन छोडेको थियो ।

जापान, अप्रिल ३०
जपानका सम्राट् अकिहितोले अप्रिल ३० मा जापानको सिंहासन छाड्दै छन् । पहिले अण्डकोषको क्यान्सरको उपचार गराएका अकिहितोले सन् २०१२ मा मुटुको सर्जरी गराएका थिए । उनी दुई शताब्दीपछि जीवितै रहँदा जपानको सिंहासन छोड्ने पहिलो सम्राट् बन्नेछन् ।

इटली, मे ११–नोभेम्बर २४
इटलीको कला संगठन भेनाइस बिएनालीका कला निर्देशक राल्फ रुगफले ‘फेक न्युज’ युगबारे बहुप्रतीक्षित प्रदर्शनी आयोजना गर्दै छन् । सो प्रदर्शनीको शीर्षक ‘मे यु लिभ इन इन्ट्रेस्टिङ टाइम्स’ राखिएको छ । 

क्यानडा, जुनको अन्तिम हप्ता
टाइटानिक पानीजहाज दुर्घटनाग्रस्त समुद्री क्षेत्रमा पहिलो व्यावसाहिक पौडी यात्रा सुरु हुनेछ । आयोजकका अनुसार यस क्षेत्रमा पौडी यात्रा गर्न एक लाख पाँच हजार एक सय २९ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । 

चिली, जुलाई २ 
सन् २०१९ मा पूर्ण सूर्यग्रहण देखिने भएकाले, अवलोकन गर्न चाहनेका लागि दक्षिण अमेरिकी मुलुक चिली आकर्षक गन्तव्य बन्न सक्छ । सूर्यग्रहणलाई बादलले पनि ढाक्न सक्छ, तर चिलीको ला सेरेनाले अवलोकनकर्तालाई २ मिनेटसम्म पूर्ण सूर्यग्रहणको अवलोकन गराउने वाचा गरेको छ । 

टाइटानिक पानीजहाज दुर्घटनाग्रस्त समुद्री क्षेत्रमा पहिलो व्यावसायिक पौडी यात्रा सुरु हुनेछ । आयोजकका अनुसार यस क्षेत्रमा पौडी यात्रा गर्न एक लाख पाँच हजार एक सय २९ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । 

स्विट्जरल्यान्ड, जुलाई १८–अगस्ट ११ 
१८औँ शताब्दीयता हरेक २० वर्षमा एकपटक स्विट्जरल्यान्डको भेभेई सहरले यहाँका भ्रमणकर्तालाई वाइन बनाउने परम्परा मनाउन आह्वान गर्छ । युनेस्कोले यो चाडलाई मानवताको महत्वपूर्ण सांस्कृतिक सम्पदाको मान्यता दिएको छ । यो चाडले हजारौँ मानिसलाई आकर्षण गर्ने अनुमान गरिएको छ । संगीतमा झुम्दै, नाँच्दै तथा परेड खेल्दै मानिसले वाइनसम्बन्धी खुसियाली मनाउनेछन् । 

अमेरिका, जुलाई १९ 
यो मितिमा बहुप्रतीक्षित ‘द लायन किङ’ एनिमेटेड मुभी प्रदर्शनमा आउनेछ । डेज्नीको एनिमेसन रहेको द लायन किङमा सिम्बाको भूमिकामा डोनाल्ड ग्लोभर, नलाको भूमिकामा बेयोन्स नोवेल्स कार्टर र मुफासाको भूमिकामा जेम्स अर्ल छन् । 

दक्षिण अफ्रिका, अगस्ट 
दक्षिण अफ्रिकाले ओपिकोपी म्युजिक फेस्टिभल आयोजना गर्दै छ । यो कार्यक्रममा हजारौँको संगीतप्रेमी संगीतको आनन्दमा झुम्ने गर्छन् । सबैभन्दा पहिले २५ वर्षअघि दक्षिण अफ्रिकामा यो फेस्टिभल सुरु भएको थियो । 

फ्रान्स, अगस्ट 
ओपेरा गायक–गायिकाले सबैभन्दा ठूलो मञ्च पाउँदै छन् । ओपेरा गायक–गायिकाको खोजी गर्ने फ्रान्सको लेस अजुरिअलेस ओपेराले विश्वभरबाट एक सय ५० ओपेरा गायक–गायिकासँग लिएको अडिसनबाट उत्कृष्ट १० जनालाई चुनिसकेको छ । लेस अजुरिअलेसले फ्रेन्च रिभियरामा उत्कृष्ट १० गायक–गायिकाबीच प्रतिस्पर्धा गराउने तथा त्यस क्षेत्रमा ओपेरा निर्माण गर्ने कार्यक्रम राखेको छ । 

इंग्ल्यान्ड, सेप्टेम्बर २९
अक्स्फोर्ड विश्वविद्यालयले रोडिरज छात्रवृत्ति सञ्चालन गरेको एक सय १५ वर्षपछि पहिलोपटक रोडिज स्कल अवार्ड वितरण गर्दै छ । रोडरिज ट्रस्टले पछिल्लोपटक विश्वभरबाट छात्रवृत्तिका लागि आह्वान गरेको थियो । विश्वका विभिन्न देशबाट छानिएका विद्यार्थीलाई अक्स्फोर्ड विश्वविद्यालयले स्वागत गर्नेछ । 

चीन, अक्टोबर 
जाहा हादिद आर्किटेक्ट्सले डिजाइन गरेको चीनको दाजिङ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछ । यो विश्वकै सबैभन्दा ठूलो सञ्चालित विमानस्थल बन्नेछ । सन् २०२५ सम्म यो विमानस्थलको यात्रु क्षमता ७ करोड २० लाख पुग्ने अनुमान छ ।
 
थाइल्यान्ड, नोभेम्बर 
मङकी सिटी भनेरसमेत चिनिने थाइल्यान्डको लोपबरी सरहमा बाँदर पर्व मनाइनेछ । यस पर्वमा बाँदरलाई क्यान्डी, फलफूल, सोडालगायत खानेकुरा बाँडिन्छ । पर्यटन प्रवद्र्धन तथा पर्यटकलाई आकर्षित गर्न थाइल्यान्डले यो पर्व मनाउँदै आएको छ । 

स्विडेन, डिसेम्बर १० 
मि टु मुभमेन्टले धेरै पुरुषको हर्कत उदांगो बनाएको छ । यौन दुव्र्यवहार प्रकरणमा स्विडिस एकेडेमी मुछिएपछि सन् २०१८ मा साहित्य विधामा नोबेल पुरस्कार वितरण गरिएन । यस वर्षचाहिँ दुईवटा नोबेल साहित्य पुरस्कार वितरण हुन्छ वा फेरि पनि कसैलाई वितरण गरिँदैन भन्ने हेर्न बाँकी छ । विभिन्न विधामा नेबेल पुरस्कार वितरण गर्ने स्विडिस एकेडेमीले गुमेको जनविश्वास पुनः कमाउन सक्यो कि सकेन भन्ने विषयले नोबेल साहित्य पुरस्कारको भविष्य निर्धारण गर्नेछ ।

मासा न्युयोर्क टाइम्सकी संवाददाता हुन् ।