मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १७ मंगलबार १५:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रकाशकाे याेगदान अभुतपुर्व : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १७ मंगलबार १५:३७:००

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अल्पायुमा नै निधन भएपनि प्रकाश दाहालको योगदान अभुतपुर्व रहेको बताएका छन् । 

३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा नेकपाका अध्यक्ष एवं पिता दाहालले ३६ वर्षको छोटो उमेरमै भएको आकस्मिक निधनले परिवार, पार्टी र सिंगो देश नै स्तब्ध भएपनि छोटो समयमै प्रकाशले दिएको योगदान अभूतपुर्व रहेको टिप्पणी गरे । उनले युद्ध र शान्ति प्रक्रियालाई धेरै नजिकबाट बुझ्ने मौका पाएका प्रकाशले जीवनका सबै तितामिठा अनुभवहरु बटुलेकाले छोटो अवधिमा पनि पुर्ण जीवनको अनुभव लिएको बताए । 

कार्यक्रममा खानेपानी मन्त्री विना मगरले सगरमाथासँग जोडिएका कथा व्यथा खोतल्ने काम प्रतिष्ठानले गर्नुको साथै पर्वतारोहणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका पात्रहरुलाई सम्मान गर्नका लागि ३८ औ जन्मजयन्तीको कार्यक्रम गरिएको बताइन् । उनले श्रीमान् प्रकाश दाहालको राजनीतिक योगदान र शाहसिक चरित्रको पनि स्मरण गरेकी थिइन् । 

कार्यक्रममा सगरमाथा आरोहणसँग सम्बन्धीत व्यक्तित्वहरुलाई साहसिक सगरमाथा सम्मानबाट सम्मानित गरिएको थियो । आरोहीहरु छिरिङ थुन्दु शेर्पा, माया शेर्पा, कोरियन नागरिक युम होङ गिल र नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्र कुमार श्रेष्ठलाई सम्मान गरिएको हो ।