मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लोरेन पावेल जब्स
२०७५ पौष १७ मंगलबार १६:४५:००
Read Time : > 2 मिनेट
Read Time : > 2 मिनेट
लोरेन पावेल जब्स
२०७५ पौष १७ मंगलबार १६:४५:००

जुन १८, २०१८ का दिन दिउँसो ३ः५१ बजे एउटा अडियो लाइभ हुन्छ । 
(सार्वजनिक गर्दा जागिर नै गुमाउनुपर्ने खतरामा रहेको एक गोप्य स्रोतबाट प्राप्त गरेको अडियोलाई खोज पत्रकारिता गर्ने गैरनाफामुखी मिडिया प्रोपब्लिकाले प्रसारण गर्योे । अमेरिकाको भन्सार तथा सीमा सुरक्षा निकायको नियन्त्रणमा रहेका १० मध्यअमेरिकी देशका बालबालिकाले आफ्ना आमाबुबासँग भेट गराइदिन भनी सम्बन्धित निकायका एजेन्ट तथा कन्सुलरसमक्ष गरेको अनुरोध रेकर्डिङमा संरक्षित थियो ।) 

डोनाल्ड ट्रम्प प्रशासनको शून्य सहनशील नीतिका कारण परिवार र अभिभावकबाट अलग्याइएका यी बालबालिका मेक्सिकोको सीमाबाट अवैधानिक रूपमा अमेरिका प्रवेश गरेका थिए । त्यो अडियोमा ७ मिनेट ४७ सेकेन्डसम्म बच्चा रोइरहेका छन् । बारम्बर ‘बाबा’ र ‘ममी !’ भन्दै ६ वर्षकी बालिका साल्वाडोरन रुँदै नम्बर याद भएकी एक आफन्तलाई फोन गर्नका लागि आग्रह गर्दै छिन् । उसको रोदनलाई सीमा सुरक्षाको एजेन्टले जोक बनाइदिएको छ । ‘ठिक छ, हामीसँग एउटा अर्केस्ट्रा छ,’ उसले खुसीका साथ भन्छ ‘हाम्रो कन्डक्टर हराएको छ ।’

हामी सबै अलग–अलग डिग्रीमा दुनियाँका केही समस्याबारे अनभिज्ञता देखाइरहेका हुन्छौँ । कहिलेकाहीँ हाम्रै आसपासका मान्छेको पीडासँग पनि अनभिज्ञ हुन्छौँ । कतिखेर हामी दुःखद वास्तविकतालाई नकार्न र नदेखेझैँ गर्नका लागि पनि जानाजानी त्यस्तो अनभिज्ञता रोज्छौँ । यसका लागि हामी सबैसँग कारण र खुबीहरू हुन्छन् ।

तर, बेवास्ताका यस्ता केही क्षणमा वास्तविकता चकनाचुर भएर जान्छ । कहिलेकाहीँ हामी कठोर भएर यस्तो सत्यको सामना गर्छौं, जसले आवाज र छाया बनेर पछ्याउँछ । जसलाई हामी हाम्रो दिमाग र स्मृतिबाट हटाउनै सक्दैनौँ । यो यस्तो कष्टदायी अनुभव हो, जसले सबैभन्दा भ्रामक चिज प्राप्त गर्छ । एउटा परिवर्तन, जसले राजनेता, पण्डित र मार्केटरको जीवन पिछा गरेरै बित्छ । एउटा बदलाव, जसमा दुनियाँलाई एउटा नैतिक युगका रूपमा देख्छौँ ।

त्यो ७ मिनेट ४७ सेकेन्डको अडियो प्रकाशन भएपछि भएको पनि त्यही हो । किनभने यो दुनियाँमा भएका हरेक मानिसले बालकको चीत्कारलाई सुन्छ । यो हामीभित्रको गाह्रो विषय हो । के आवाजले अनेकौँ हल्लाहरूलाई छिचोलेर हामीलाई दुःख र पीडाको गहिराइसम्म पु¥याउने क्षमता राख्छ ? के आवाज आदिवासीहरूको मिथकलाई हटाएर हाम्रो सामान्य मानवीय आवश्यकताप्रति ध्यान दिलाउनका लागि प्रभावशाली छ ? अडियोमा उक्त आप्रवासी बच्चालाई पत्रकारले दुईजना पूर्वप्रथम–महिलाको सार्वजनिक विरोध नगर्न सिकाएको कुरा हामीले सुन्दै आएको वास्तविकता हो । जसले आप्रवासनमाथिको हाम्रो बहसलाई झगडामा बदलिदिएको छ । साथै, त्यसले न्यायिक दृष्टिकोणबाट समस्यालाई झनै चर्काइरहेको थियो ।

जुलाईमा भएको गालुप सर्वेक्षणबाट पारिवारिक विछोडको संकट देशले भोगिरहेको अमेरिकी आप्रवासीहरूको सबैभन्दा महत्वपूर्ण समस्याका रूपमा देखाइएको छ । सर्वेक्षण पोलमा यसले दुईपटक सूचीको शीर्ष स्थान बनायो । त्यसपछिका सर्वेक्षणमा धु्रवीकृत राजनीतिक माहोलमा पारिवारिक विछोडको नीतिको विरोध असम्भव देखियो । यो पार्टीको लाइनभन्दा बाहिर पुगिसकेको थियो । जो दुई राजनीतिक दलको घृणाको स्रोत बनिसकेको थियो । 

अडियो प्रकाशित भएको दुई दिनपछि राष्ट्रपति ट्रम्प आफँैले एउटा कार्यकारी आदेश जारी गरेर सबै संघीय सरकारलाई धेरै मुद्दामा परिवारलाई हिरासतमा सँगै राख्न दबाब दिएका थिए । एक हप्ताभित्र संघीय न्यायाधीशले प्रशासनलाई अलग गरिएका परिवारहरू फेरि सँगै राख्न आदेश दिए । तर पनि एउटा शासक, जसले आप्रवासीलाई दुःख दिन रोकेन । यो लेखाइमा सामेल भएका ५ वर्षमुनिका १४० बच्चा, जो पारिवारबाट अलग्गै रहँदै आएका छन् । केही परिवारहरू अझैँ अलग्गै बस्छन् ।

म्यारी नामकी २० महिनाकी ग्वाटेमालाकी एक बालिकाको संघीय कारागारमै बिरामी भएर मृत्यु भयो । यहाँसम्म कि आफ्नो परिवारका साथ पुनः जोडिएकाहरूले पनि लामो समयसम्म शंकाको समस्या भोग्नु परेको छ ।

अहिलेसम्म ट्रम्प प्रशासनले आप्रवासन कानुन वा अवैध रूपमा अमेरिका आउनेमाथि प्रतिबन्ध लगाउने महत्वाकांक्षाबाट पछाडि हट्ने कुनै संकेत देखाएको छैन । यसले दुनियाँका थकित, गरिब र कमजोरहरूको शरणका रूपमा अमेरिकाले बनाएको परिचयसमेत समाप्त गरिदिएको छ ।

यसर्थ, ०१९ र त्यसपछिको समयको आवश्यकता अमेरिकाको उच्च आदर्शविपरित रहेको आप्रवासन एजेन्डा उल्टाउने मात्र वा यस आदर्शविपरित आइरहेका घृणात्मक र विभाजनकारी भाषणबाजीको अन्त्य गर्नु मात्र हैन । हामीले चाहेको यो भन्दा बढी हो । हृदयमा अवस्थित नैतिकता बुझ्न सक्ने हाम्रो क्षमतालाई फराकिलो बनाउनु अहिलेको आवश्यकता हो  ।

जेम्स बाल्ड्विनले १९६० को दशकमा अमेरिकामा विवेकको संकटबारे टिप्पणी गरेका थिए, ‘म नैतिक उदासीनतासँग र मेरो देशमा भइरहेको आत्माको मृत्युसँग डराउँछु ।’ हामीले पनि आफूले भोगिरहेको विवेकको संकटलाई सामना गर्दै उदासीनतासँग डराउनुपर्छ । संयुक्त राज्य अमेरिकामा कानुनलाई आफ्नो बाटो बनाइरहेका आप्रवासी बालबालिका र परिवारले यो देशमा आउने अन्यले जस्तै सम्मान पाउनुपर्छ । हाम्रो सफलतामा यसले सुरुवाती दिनदेखि नै योगदान पुर्याएको छ । 

हामी किन यी नवआगन्तुकसँग वास्तविक मूल्य, गुण, दृढता, आत्मनिर्भरता र आफ्ना बालबालिकाका लागि सुन्दर भविष्य दिने दृढ संकल्प छ भन्ने देख्न सक्दैनौँ, जसलाई हामी हाम्रो आदर्श अमेरिका मान्छौँ ? यस देशमा हामीले उत्तर दिनुपर्ने मुख्य प्रश्न भनेको आप्रवासीसँग कुस्ती खेल्नु कदापि होइन । प्रश्न ‘तिनीहरू को हुन् ?’ भन्ने होइन,‘हामी को हौँ ?’ भन्ने हो ।