मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकराज थामी
२०७५ पौष १७ मंगलबार १६:४३:००
Read Time : < 1 मिनेट
समाचार

बिजेश्वरीबाट आठ जुवाडे पक्राउ 

Read Time : < 1 मिनेट
टेकराज थामी
२०७५ पौष १७ मंगलबार १६:४३:००

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा करिब पाँच लाख रुपैयाँसहित आठ जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त, स्वयम्भूबाट  खटिएको प्रहरी टोलीले सोमबार साँझ काठमाडौंको बिजेश्वरीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने सिन्धुपाल्चोक भोटेकोशी–१ का २६ वर्षीय पासाङ लामासहित ८ जना रहेका छन् ।  

उनीहरूको साथबाट चार लाख ५९ हजार रुपैयाँ, अमेरिकन डलर नौ सय, भारतीय रूपैयाँ चार सय र दुई बुक तास बरामद गरेको छ । घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।