मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रासस
२०७५ पौष १७ मंगलबार १६:२७:००
Read Time : < 1 मिनेट
विश्व

नयाँ वर्षको कार्यक्रममा गोली चल्दा एकै परिवारका ६ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष १७ मंगलबार १६:२७:००

थाइल्याण्डमा सुचीप सोर्नसुङ नाम भएका एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन् । नयाँ वर्षको अवसर पारेर भइरहेको कार्यक्रममा उनले गोली हानेर दुई जना बालबालिकासहित एकै परिवारका ६ जनाको हन्या गरेका हुन् । 

ससुराले आफूलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी अधिकारीहरुले मंगलबार जनाएका छन् । चुम्फोङ प्रान्तमा झण्डै दश मिनेट जति ती व्यक्तिले आफ्नै परिवारका सदस्यहरुमाथि निरन्तर गोली वर्षाएका थिए । 

अत्यधिक मदिरा सेवन गरेका सोर्नसुङ नाम गरेका ती व्यक्तिले रमाइलो कार्यक्रम सुरु भएपछि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । “मृत्यु भएका सबै उनकै पारिवारिक सदस्य हुन्, तीमध्ये उनकै नौ वर्षका छोरा र ६ वर्षकी छोरी रहेका छन्,” एक प्रहरी अधिकारीले भने । 

श्रीमतीको माइतीले उनलाई स्वागत नगरेको रिसमा परिवारमाथि गोली प्रहार गरेको प्रहरीको भनाई छ । मारिनेमा अरु दुई जना महिला र दुई जना पुरुष रहेका छन् । ती दुई जनाको नाता भने खुलाइएको छैन ।