१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पाउलो तास्का
२०७५ पौष १७ मंगलबार १६:२१:००
Read Time : > 4 मिनेट
टर्निङ प्वाइन्ट्स-२०१९

आशा र धोका भर्चुअल मनी 

Read Time : > 4 मिनेट
पाउलो तास्का
२०७५ पौष १७ मंगलबार १६:२१:००

ब्लकचेन– बिट्क्वाइन वा क्रिप्टोकरेन्सीमा प्रयोग हुने प्रविधि मात्रै होइन, त्यसभन्दा धेरै बढी हो । यो यस्तो उपकरण हो, जसले यो सबै आर्थिक कारोबार सञ्चालन गर्ने संरचनालाई विकेन्द्रित गर्ने प्रतिबद्धता गरेको छ, जसले बिस्तारै ‘विश्वास’सम्बन्धी हाम्रो अवधारणालाई पुनर्परिभाषित गर्न सक्छ । यो नै ब्लकचेनको सबैभन्दा क्रान्तिकारी र नवप्रवर्तनकारी पक्ष हो । तर, यसका प्रतिबद्धताहरू बिस्तारै कमजोर बन्न सक्छन् । 

विश्वास– सामाजिक र व्यावसायिक अन्तरक्रियाको आधार हो, जसको प्रत्याभूति संगठित कम्पनीहरू वा तेस्रोपक्षीय निकायहरू (थर्ड–पार्टी अथोरिटिज)जस्ता संस्थागत विश्वास प्रदायकहरूले सताब्दियौँदेखि गर्दै आएका छन् । यी विश्वास संयन्त्रहरूले अफलाइन व्यावसायिक मोडलका लागि काम गरेका छन्, तर अहिलेको अति नै जोडिएको (हाइपर–कनेक्टेड) डिजिटल  दुनियाँमा भने यी पुराना भइसकेका छन् अर्थात् यिनको म्याद गुज्रिसकेको छ । 

डिजिटल–प्लेटफर्म अर्थतन्त्रमा ती प्लेटफर्मलाई जसले नियन्त्रण गर्छ, तिनले नै विश्वासको सबैभन्दा बढी प्रवद्र्धन गर्छन् । उबर र एयरबिएनबीलगायत ठूला प्रविधि कम्पनीहरूले संस्थागत विश्वास प्रदायकलाई विस्थापित गर्दै हाम्रो डिजिटल परिचय र विश्वसनीता रक्षक बन्न थालेका छन् । उनीहरूले स्टार स्कोर रेटिङ सिस्टमका माध्यमबाट समुदायमा आधारित प्रतिष्ठाको निर्माण गर्दै कारोबारमा आधारित प्रतिक्रियाका आधारमा विश्वास निर्माण गर्ने संयन्त्रलाई नियन्त्रण गर्छन् । 

अत्यधिक अस्थिर भर्चअुल करेन्सी बजार सिर्जना हुँदा ब्लकचेन प्रविधिप्रतिको रुचि बढ्दै गएको छ ।

विगत केही वर्षमा ट्विटरलगायत केही स्वतन्त्र प्लेटफर्महरू प्रतिबन्धात्मक बन्दै गएका छन् । डेभलपर र सुरुवाती प्रयोगकर्ताहरूले धोका भएको अनुभव गरिरहँदा कटुतापूर्ण अवस्था सिर्जना भएको छ । उनीहरूले आफूलाई स्वतन्त्र र खुला प्लेटफर्म बनाउने प्रतिबद्धता व्यक्त गरिरहेका थिए, तर प्रयोगकर्ताको त्यो सपना उनीहरूले छिन्ने काम गरे । 

फेसबुक, इबे, उबर र एक्सपेरियनजस्ता ठूला प्रविधि कम्पनी (टेक जायन्ट) संलग्न रहेका पछिल्ला घटनाहरूका कारण उनीहरूले हाम्रो तथ्यांकको सुरक्षा गर्लान् भन्ने विश्वास छियाछिया बनेको छ । हामीलाई आफ्नो तथ्यांकको दुरुपयोग होला वा हाम्रा तथ्यांक प्रयोग गरेर हामीमाथि नै निगरानी वा जासुसी हुन सक्ला भन्ने डर बढेको छ । 

यस पृष्ठभूमिमा ब्लकचेनलाई धन्यवाद दिनुपर्छ । ब्लकचेनका कारण अहिले मानिसहरू एक–आपससँग सीधै जोडिने र प्रत्येक व्यक्तिको स्वामित्व रहने प्रणाली ‘पिअर–टु–पिअर (पिटुपी) मा आबद्ध हुन सक्षम र उत्सुक बनेका छन् । पिटुपी भनेको सामूहिक स्वीकृतिमा बनेका नियमबाट सञ्चालित र सञ्जालमा आबद्ध सबैलाई वितरित नेटवर्क हो । यसरी सिर्जना भएको मेसिन–ड्रिभन (मेसिनद्वारा सञ्चालित) विश्वासले प्रयोगकर्तालाई तेस्रो पक्षको नियन्त्रण वा अनधिकृत निगरानी–जासुसीजस्ता केन्द्रीकृत विश्वास संरचनाका नकारात्मक असरबाट जोगाउँछ । वास्तवमा ठूला केन्द्रीकृत विश्वास प्रणाली लागू गराउनेहरूले छिटै नै विकेन्द्रित विश्वास प्रणाली र ब्लकचेनका कारण सम्भव पिटुपी नेटवर्कबाट लागू हुने विश्वास प्रणालीलाई बाटो छाडिदिन सक्छन् । 

यस्ता प्रणालीमा सूत्रहरू (एल्गोरिदम)ले हरेक कारोबारको आधिकारिकता प्रमाणित गर्छन् । यसले हरेक व्यक्ति वा पार्टीको पहिचान रेकर्ड गर्न सक्छ । साथसाथै, उसको विश्वास र प्रतिष्ठाको रेटिङ पनि ब्लकचेनमा रेकर्ड गर्छ, जसले एउटा लेजरले गर्ने जस्तै काम गर्छ । लेजरमा गलत तथ्यांक राख्न वा यसलाई गलत एवं भ्रष्ट बनाउन असम्भव भएका कारण यहाँ गलत व्यवहारहरू रोकिन्छन् । त्यस्तै, यो सञ्जालमा हुने सबै कार्यहरू जोकोही प्रयोगकर्ताले स्वतन्त्र रूपमा परीक्षण गर्न सक्ने हुनाले यहाँ जवाफदेहितामा पनि सुधार हुन्छ । 

विकेन्द्रित प्रणालीका फाइदाहरू स्पष्ट छन् । तेस्रो पक्षको संलग्नताविना नै प्रयोगकर्ताहरू विश्वास सिर्जना गर्न सक्षम बनेका छन् । सामूहिक सहकार्य बढेको छ । धोकाधडीपूर्ण कारोबारहरू घटेका छन् । यति मात्र नभई प्रयोगकर्ताले एकभन्दा बढी प्लेटफर्मको माध्यमबाट आफ्नो व्यक्तिगत प्रतिष्ठा निर्माण गर्न सक्छन् र उनीहरूले आफ्नो ठूलो परिमाणको कारोबार तथ्यांकलाई नियन्त्रित गर्ने मात्र नभई ठूला प्रविधि कम्पनीबाट हुने निगरानीलाई नियन्त्रण गर्दै आफ्नै डिजिटल पहिचानको निर्माण र व्यवस्थापन पनि गर्न सक्छन् । 

उबरविनाको उबर, एयरबिएनबीविनाको एयरबीएनबी । यो क्रान्तिको सुरुवात भइसकेको छ । पेपालजस्ता भुक्तानी र वित्तीय सेवा प्रदायकहरूले ‘रिपल’ र ‘सर्कल’ले चुनौती दिइरहेका छन् । ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जाल र नेटवर्किङ सेवाहरूले ‘स्टिमिट’ र ‘अकासा’जस्ता विकेन्द्रित प्लेटफर्महरूसँग कडा प्रतिस्पर्धा गर्नुपरिरहेको छ । सफ्टवेयर निर्माणसम्बन्धी निर्णय र विभिन्न स्वतन्त्र कार्य गर्न सक्ने विकेन्द्रीकृत एप्लिकेसनहरू इथेरियम वा इओएसजस्ता विभिन्न ब्लकचेनमा निर्माण र प्रसार गर्न सकिन्छ । यी त केही उदाहरण मात्रै हुन् ।

‘विश्वास’सम्बन्धी हाम्रो अवधारणामा क्रान्तिकारी परिवर्तन गर्न सक्ने ब्लकचेन प्रविधिले ठूलो अवरोध सामना गर्नुपरेको छ

यो आकर्षक परिर्वतन यति राम्रो छ कि यो सत्यजस्तै लाग्दैन । तर, ब्लकचेनमा आधारित वितरित प्रणालीले ठूलो चुनौतीको सामना गरिरहेको छ । 

आधुनिक व्यापक स्तरको पिटुपी बजारमा विश्वास र वृद्घिबीच विपरीत सम्बन्ध हुन्छ । नेटवर्क जति धेरै बढ्छ प्रयोगकर्ताको त्यसमाथिको विश्वास घट्दै जान्छ । तर, पिटुपी प्लेटफर्म अर्थतन्त्रको सफलताका लागि प्रयोगकर्ताको वृद्घि भने आवश्यक छ । 

नेटवर्कमा सहभागी हुने प्रक्रियालाई कठिन बनाएर यो समस्या समाधान गर्न सकिन्छ, जसबाट प्रयोगकर्ताको वृद्धि नियन्त्रण गर्न सकिन्छ । अथवा, केही कोर्डर्स र नोडहरूको हातमा नियन्त्रण केन्द्रीकृत बनाउन सकिन्छ, जसले विकेन्द्रीकरणलाई घटाउँछ । दुर्भाग्यवश, ब्ल्कचेन समुदायले बढ्दो केन्द्रीकरणलाई समर्थन गर्छ जस्तो लाग्छ । 

डिजाइन गर्दा नै केन्द्रीकृत किसिमले गरिएका निजी ब्लकचेनका रूपमा सञ्चालित बिजेनस–टु–बिजनेस प्लेटफर्मको तुलनामा पब्लिक ब्लकचेन नेटवर्कमा आधारित पिटुपी प्लेटफर्म तीव्र रूपमा वृद्धि भइरहेका छन् । यस्ता ब्लकचेनहरू सबैभन्दा छिटो र सुरक्षित पनि छन् । तर, यी सबै केन्द्रीकृत ब्लकचेनहरू हुन्, जसमा थोरै मानिसहरूले मात्रै नियम बनाउने र त्यसलाई कार्यान्वयन गर्ने गर्छन् । 

उदाहरणका लागि, ट्रान्ज्याक्सन गणना र प्रमाणीकरण गर्ने ‘सुपरपावर’ माइनरहरूको एउटा सानो समूहले मात्रै अधिकांश बिटक्वाइन कारोबार नियन्त्रण गर्छ । डेभलपरहरूको सानो समूहले बिटक्वाइनको प्रोटोकलमा ठूलो परिवर्तन ल्याउँछ । 

हजारौँ पिटुपी प्लेटफर्मले अपनाएको सबैभन्दा ठूलो सार्वजनिक ब्लकचेन इथेरियमको परिस्थिति त झनै खराब छ । शीर्ष पाँच माइनिङ पुलहरूले लेजरमा भएको कारोबारको करिब ८० प्रतिशत हिस्सा ओगट्छन् । डेभलपरहरू पनि केन्द्रीकृत हुन्छन्ः इथेरियमको २० प्रतिशत कोड एकै कोडरले बनाउँछन् । यसको अर्थ मेसिनद्वारा सिर्जित विश्वास ठूला प्रविधि कम्पनीको नियन्त्रणमा रहेको सिस्टमबाट प्राविधिक गुरुहरूको सानो समूहले नियन्त्रण गर्ने सिस्टमतर्फ परिवर्तित भइरहेको छ । 

खुला, पारदर्शी, प्रयोग गर्न स्वतन्त्र र विश्वव्यापी सुलभ ब्लकचेनले तेस्रो पक्ष नियन्त्रण र निगरानी नियन्त्रण हुने आशा धेरैले लिएका छन् । तर, प्रणालीको लेजर सम्पादन गर्ने र प्रोटोकल नियन्त्रण गर्ने क्षमता सीमित सदस्यहरूसँग मात्रै हुन्छ भने त्यो सम्भव होला र ? 

अन्ततः डिजिटल विश्वमा विश्वासको व्यवस्थापन गर्ने यो नयाँ क्षेत्रले दुईवटा कठोर विकल्प दिएको छ । या त हामीले केन्द्रित, तर जवाफदेही विश्वास प्रदायकहरूसँग हाम्रो गोपनीयताको मोलमोलाइ गछौंँ या केही अन्जान व्यक्ति (बदनाम हुन सक्ने)को सीमित समूहले चलाएको विश्वास मेसिनको माध्यमबाट हामीले हाम्रो तथ्यांकमाथि प्रत्यक्ष नियन्त्रण राख्छौँ । 

अन्ततः यो डिजिटल विश्वमा विश्वासको व्यवस्थापन गर्ने यो नयाँ क्षेत्रले दुईवटा कठोर विकल्प दिएको छ । या त हामीले केन्द्रित, तर जवाफदेही विश्वास प्रदायकहरूसँग हाम्रो गोपनीयताको मोलमोलाइ गर्छौं या केही अन्जान व्यक्तिको (बदनाम हुन सक्ने) सीमित समूहले चलाएको विश्वास मेसिनको माध्यमबाट हामीले हाम्रो तथ्यांकमाथि प्रत्यक्ष नियन्त्रण राख्छौँ । 

यी सुशासनसम्बन्धी समस्याले नयाँ पिटुपी अर्थतन्त्रको विश्वास–मेसिन ब्लकचेनको विश्वसनीयतालाई कमजोर पारिदिएको छ । पिअरहरूबीचको एक कृत्रिम विश्वासलाई दृढ सिद्धान्तहरूले पक्षपोषण गर्दैनन् कि जस्तो लाग्छ । विश्वासको यो कमीले पक्कै पनि समुदाय र ऐक्यबद्धतालाई टुक्र्याइदिन्छ । बिटक्वाइन र इथेरियमको वास्तविक प्रोटोकलबाट निस्किएका अधिकांश चेनले यसलाई प्रमाणित पनि गरिसकेका छन् । 

केही समयका लागि यी ब्लकचेन प्रणालीलाई नियन्त्रित गर्ने युद्ध चली नै रहनेछ । यो प्रविधिले अझै पनि दिन सक्ने नयाँ सार्वजनिक हितको विषय पनि केही छैन ।

तास्का युसिएल सेन्टर फर ब्लकचेन टेक्नोलोजीका कार्यकारी निर्देशक हुन् ।