Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका नुवाकोट
२०७६ असार १६ सोमबार ०९:०५:००
Read Time : < 1 मिनेट
साहित्य

नुवाकोट साहित्य प्रतिष्ठानद्वारा चार स्रष्टा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका नुवाकोट
२०७६ असार १६ सोमबार ०९:०५:००

साहित्यको विभिन्न विधामा योगदान पुर्‍याएका चारजना स्रष्टालाई शनिबार विदुरमा सम्मान गरिएको छ । नुवाकोट साहित्यको १२औँ स्थापना दिवसको अवसरमा नरेन्द्रनाथ निधि वाङ्मय प्रतिष्ठानले नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्‍याएबापत सम्मान गरेको हो ।  महामण्डल साहित्य सम्मानबाट डा. नवराज लम्साललाई सम्मान गरिएको छ भने कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानबाट जीवनाथ धमला, महामण्डल युवा साहित्य सम्मानबाट बिना थिङ र नरेन्द्रनाथ वाङ्मय काव्य सम्मानबाट प्रल्हाद पोखरेल सम्मानित भएका छन् । 

सोही कार्यक्रममा नेपाली विषयमा स्नातकोत्तर तहमा प्रथम स्थान हासिल गरेकी सुभद्रा पौडेललाई २५ हजार रुपैयाँसहित पुस्कार प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा नुवाकोटवाट एसइई परीक्षमा सर्वोत्कृष्ट अंक ल्याउने एक्कल रिमाल, रश्मि पनेरू र निशा गजुरेललाई प्रतिष्ठानले जनही नगद ५–५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिए ।