१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १५ आइतबार १८:२५:००
Read Time : < 1 मिनेट
समाचार

पुन:निर्माणमा खटिएका १९ प्राविधिक कारबाहीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १५ आइतबार १८:२५:००

गैर कानुनी कार्यमा सहभागी भएको भन्दै पुन:निर्माणमा खटिएका १९ प्राविधिक कारबाहीमा परेका छन् । राष्ट्रिय पुन:निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा खटाएका प्राविधिकहरु विभिन्न गैर कानूनी कार्यमा संलग्न रहेको भेटिएपछि कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा १२ जना इन्जिनियर, ५ जना सब–इन्जिनियर र २ जना असिष्टेण्ट सब–इन्जिनियर रहेका छन् । तीमध्ये नुवाकोटमा कार्यरत ८ जना प्राविधिक छन् । काभ्रेपलाञ्चोकमा कार्यरत ३ जना, सिन्धुपाल्चोकमा कार्यरत २ जना, दोलखामा कार्यरत २ जना, धादिङमा कार्यरत २ जना छन् । त्यस्तै, भोजपुर र सोलुखुम्बुमा कार्यरत १–१ जना रहेका छन् । 

भूकम्प पीडितहरुबाट गैर कानूनी रुपमा रकम असुल गरेको, भूकम्प पीडितहरुलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको हस्ताक्षर किर्ते गरी हाजिर सिफारिस गरेको, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशन पालना नगरेकाले उनीहरुलाई कारबाही गरिएको प्राधिकरणले जनाएको छ । ती प्राविधिकको करार सम्झौता भंग गरी नियमानुसार कारबाही गरिने प्राधिकरणले जानकारी दिएकाे छ ।