मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हिटो स्टेयर्ल
२०७५ पौष १७ मंगलबार १५:१०:००
Read Time : > 3 मिनेट
टर्निङ प्वाइन्ट्स-२०१९

आर्टिफिसियल स्टुपिडिटी 

Read Time : > 3 मिनेट
हिटो स्टेयर्ल
२०७५ पौष १७ मंगलबार १५:१०:००

२० जुन, २०१७ मा बिबिसीको सन्ध्याकालीन समाचार प्रसारणको सुरुवातमा समस्या आयो । चार मिनेटसम्म उदास मुद्रामा रहेका समाचारवाचकको तस्बिर र त्यसको विकल्पमा एउटा ब्रेकिङ न्युजको एनिमेसन स्क्रिनमा घुमिरह्यो । प्रस्तुतिको औपचारिक घटनाक्रममा गडबड आएकोले दृश्य पूरै अव्यवस्थित देखिएको थियो । 

त्यो दृश्य प्राविधक त्रुटि र सिस्टम क्य्रासको नतिजा थियो । तर, यसैका कारण दशकौँदेखि ब्रेकिङ न्युज पस्किरहेको बिबिसीले एउटा लापरबाहीपूर्ण तरिकाले सञ्चालित सञ्चारमाध्यमको छवि बनायो । 

यसको प्रस्ट संकेत के हो भने आर्टिफिसियल स्टुपिडिटी (कृत्रिम मूर्खता) को यो नयाँ युगमा प्राविधिक समस्या विनाशकारी भइसकेको छ । यसको सबैभन्दा ठूलो सिकार ‘सत्य’ भइरहेको छ । 

अहिलेको समय इन्टरनेट कम्युनिकेसन, ग्लोबल विनिमय र समझदारीको प्रयोगका रूपमा देखिने डिजिटल विस्तारको अघिल्लो अवधिभन्दा निकै पर पुगिसकेको छ । ‘ग्लोबल’ शब्द ‘डिजिटल’ शब्दको पर्यायका रूपमा प्रयोग हुने त्यो समय अहिले समाप्त भएको छ । धेरै पश्चिमी मुलुकका नयाँ अभिजातवर्ग अब विश्व नागरिक र विश्ववादी रहेनन्, बरु अलगवादी र पहिचानवादी भएका छन् । यसभन्दा पहिले प्रविधिलाई सम्पर्कको साधन र मध्यस्थताका रूपमा लिइन्थ्यो । अनलाइन दुनियाँ बहुसंस्कृतिवादको ‘डिज्नी’ दृष्टिकोण र अदृश्य शक्तिबाट प्राप्त भएजस्तो लाग्थ्यो । अहिले प्रविधिले मानिसलाई चिनाउँछ र मानिसलाई विभाजित गरेर उसको दर्जा छुट्याउँछ । 

हंगेरीका उदार नेता विक्टर ओरबानका निकटस्थ इतिहासकार मारिया स्मिटले ‘अटोमेसन’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले श्रमिकहरूको मागलाई घटाएर उनीहरूलाई विस्थापित गराउने तर्क गर्छन् । त्यसो त ‘अटोमेसन’ले स्थानीय श्रमिकलाई मात्रै नोक्सान गर्ने होइन, बन्द र समानान्तर समाजलाई फाइदा पनि पु-याउँछ । यसले ‘बोट’ कम्प्युटरमार्फत वास्तविक मान्छेको नक्कल गरेर सार्वजनिक कुराकानीलाई बर्बाद गरिदिन्छ र गलत अफवाह फैलाउँछ ।

आर्टिफिसियल स्टुपिडिटीको उदय भनेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को एन्टिथेसिस हो । क्रान्तिकारीहरूले वाचा गरेभन्दा समाजवाद धेरै टाढा भएजस्तै, आर्टिफिसियल स्टुपिडिटी पनि मानव जीवनलाई बढाउने र सुधार्ने विशिष्ट यान्त्रिक इन्टेलिजेन्सको सामान्य र अतृप्त संस्करण हो । 

सामान्य सञ्चारका प्रायः एप्लिकेसनहरू आर्टिफिसियल स्टुपिडिटी हुन् । त्यही पनि तिनीहरू प्रभावकारी नदेखिन सक्छन् । तिनको वास्तविक दुनियाँमा प्रभाव निराशाजनक होला । तर, सार्वजनिक संवादको विनाश र जनसंख्याको ध्रुवीकरण भइरहेको छ । अहिले भचुर्अल माध्यमका कारण गणीतद्वारा श्रम र समयको व्यवस्थापन, ग्राहक सेवा, पुरेत्याइँ, काउन्सेलिङ र कानुुनी कामहरू सबै खारेज भएका छन् ।

साथै, प्लेन, ट्रेन वा कन्सर्टका लागि टिकट किन्न पनि कठिन भएको छ । लक्षित र अपारदर्शी मूल्य निर्धारणको यो समय दिक्कलाग्दो भएको छ । एउटा सामान्य नियम सबैलाई लागू हुन्छ भन्ने वास्तविकताको सट्टा हामीलाई बहुमूल्य समय खेर गएकोमा निराशा र बेकाम महसुस गराएको छ ।

आधुनिक दुनियामा ‘अटोमेसन’ एक्लै हुँदैन । केही प्लेटर्फमहरू प्रविधि र सञ्चारको गम्भीर चेकजाँचविना या खुला बजारको आधारभूत प्रतिस्पर्धाविना नै सञ्चालन भइरहेका छन् । जसको स्वामित्व र लगानीको प्रक्रिया नै अज्ञात हुन्छ । उपभोक्ताका लागि आवश्यक परेका त्यहाँ केही विकल्प मात्रै खुला हुन्छन् ।

परिणामः खराब समाचार र केही सत्यको अन्तहीन चक्र बारम्बार चलिरहन्छ । किनभने आर्टिफिसियल स्टुपिडिटीको यो युगमा ‘सत्य’ लोकप्रियता र पैसाको लागि किनबेच हुन्छ । 
निश्चित रियालिटी टेलिभिजनले डिजिटल समयमा खुट्टा राख्ने आधार भेटाएका छन् । यसको मतलब त्यहाँ केही सत्यता छैन भन्ने होइन, हरेक विषय आफ्नै लागि तथ्य हो । जो अरूविरुद्ध प्रतिस्पर्धा गर्छ । जहाँ सोसल मिडिया यसको विकल्पका रूपमा पनि हेरिन्छ । यदि तपाईंलाई आफूले भोगिरहेको सत्य मन परेको छैन भने त्यहाँ सधैँ अर्को तपाईंको 
हैसियतअनुसारको विकल्प पनि तयार हुन्छ ।

वास्तवमा हामी बाँचिरहेको समय डिजिटल दुनियाँको हो । जुन उत्तेजित र विषाक्त आन्दोलनको बारेमा घन्टौ तरंग पैदा गराउनेभन्दा बढी केही होइन । जसले पुराना मूलधारका मिडिया च्यानलमाथि खेलेर नवीनता र अनुसन्धानलाई निरुत्साहित गरिदिन्छ भने उत्तेजित विज्ञापनहरूमा मानिसलाई डुबाएर मानिसको दिल र दिमागलाई रित्तो बनाइदिन्छ । यस्तो दुनियाँमा एउटा अलोकप्रिय सत्य अनलाइनमा बाँच्न सक्दैन किनभने सत्यमाथि आकर्षणले घेरिएको हुन्छ । आर्टिफिसियल्ली स्टुपीड अटोमोसनस र लगानीको प्रक्रियाले ‘सत्य’लाई -यांकिङ, रेटिङ गरेर अत्यन्तै कमजोर देखाइदिन्छ । त्यस्तो आकारमा सत्य कहिल्यै अटाउँदैन ।

‘सत्य’ अनियन्त्रित र झुटा विवरणहरूको एउटा भाग हो । जसलाई पटकपटक ध्यान दिइरहे पनि पूर्ण रूपमा जोड दिइरहनु पर्दैन । यो सामान्यतया सबैले पचाउन गाह्रो कुरा हो र सबैलाई मन पर्ने हुन पनि नसक्ने विषय हो । यसले कुनै पनि चिजलाई पूरै सजिलो र प्रभावकारी बनाउन सक्दैन । सत्य वास्तवमै फरक हुन्छ । यदि सत्य बिक्रीयोग्य चिज हुँदैनथ्यो भने प्राविधिक सञ्चारको व्यवस्थापन गर्ने प्लेटफर्महरूले यसलाई जोगाएर राख्न रुचि देखाउन सक्थे र खराब समाचारको प्रचारप्रसारलाई छाडिदिन्थे होला ।

परिणामतः नक्कली रिपोर्ट, डिजिटल अफवाह र षड्यन्त्रका सिद्धान्तहरू फ्रिंगीबाट मूलधारका मिडियाहरूमा सारिँदै छन् । तिनीहरूले पनि एउटा नयाँ वास्तविकता सिर्जना गर्छन् । जस्तो कि मैले लेखेँ, एउटा -याली पूर्वी जर्मनको चेमिन्जबाट प्रवासीविरोधी नारा लगाउँदै गोरा जातिबाहेकका मानिसलाई खेदिरहेको छ । तिनीहरूले सेलफोनबाट व्यवस्थापन गर्ने सम्भावना अत्यधिक छ । 

त्यसपछि जर्मनमा फेसबुक गतिविधि स्वेत–सर्वोच्चतावादी हिंसासँग सम्बन्धित हुन्छ । केही घन्टाको पेरिफेरीमा सोसल मिडियामा नश्लीय भेलाहरू आयोजना हुन्छन् । जसले सामाजिक विभाजनलाई बढाएर चरमपन्थी संगठनलाई लाभ हुने काम गर्छन् । डिजिटल टेक्नोलोजीले असंवेदनशील आन्दोलनलाई बढाउँछ र खास डिजिटल प्रयोगकर्तालाई सहजै डिजिटलवादी बनाउँछ । 

अर्कातर्फ, तथ्यहरू प्रायः अप्रत्याशित हुन्छन् । खराब चिज नै भए पनि तिनीहरूले मन पराएर सेयर गरे भने उनीहरू त्यसलाई फेरि सच्याउने पक्षमा हुँदैनन् । साथै, सत्य र तथ्य दुवै संस्था कति बलियो छ भन्नेमा निर्भर रहन्छन् । तिनको रक्षा गर्न न उपभोक्ता, न न्यायालय, न वैज्ञानिक समुदाय न स्वतन्त्र प्रेस कोही पनि उभिँदैनन्।

संसारका धेरै देशमा यस्ता सबै संस्था कमजोर पारिनु मात्रै कुनै संयोग होइन । मिथ्या प्रेसमा भएको चेमिन्टज दंगालाई हेर्नुस् वा पोल्यान्डको सर्वोच्च अदालतका रूपमा न्यायिक संस्थाहरूको पक्षपातको अन्त्यमा पश्चिमी विश्वमा भएको वैज्ञानिक अनुसन्धानको विफलता ।

यस्ता खराब समाचारको भयानक आक्रमणलाई भविष्यमा रोक्नका लागि धेरै अल्पकालीन उपायहरू छन् । त्योमध्येको एउटा भनेको प्लेटफर्महरूलाई नियमन गर्नु वा चुनौती दिनु हो । तिनीहरूको किनबेचको प्रक्रियालाई पारदर्शी बनाउनुका साथै सार्वजनिक मूल्यांकन र कानुनी बहसका लागि खुला गर्नाले पनि यसको विकृतिलाई रोक्न सकिन्छ । हामी सोसल मिडियाबाट बोट र फेक तथा परिचय नखुलेका खातालाई प्रतिबन्ध लगाउन सक्छौँ । साथै, तथ्यहरूलाई स्थापित वा पुष्टि गर्नका लागि परीक्षण गरिएको दीर्घकालीन नियमसहित संस्थालाई नै मजबुत बनाउन सक्छौँ ।

तर, हामी हाम्रो ‘सत्य’लाई केक बनाएर खान पनि सक्दैनौँ । सत्य सायदै लोकप्रिय वा लाभदायक हुन सक्छ । यसको लोकप्रियताअनुरूप यसको सच्चाइ पनि हुन्छ भन्ने अपेक्षा गर्नु पनि आर्टिफिसियल बेबकुफी त होइन, तर बेबकुफी अवश्य हो ।