१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार १५ आइतबार ०८:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

वनमा पाँच वर्षमा  ४८ कर्मचारी निलम्बन (नामावलीसहित)

Read Time : < 1 मिनेट
२०७६ असार १५ आइतबार ०८:१९:००

४० माथि विभागीय कारबाही, कारबाही पर्नेमा अधिकांश जिल्ला वन अधिकृत र सहायक वन अधिकृत

वन मन्त्रालयले पाँच वर्षमा ८८ जना कर्मचारीमाथि कारबाही गरेको छ । जसमा ४८ कर्मचारी निलम्बन र ४० जनामाथि विभागीय कारबाही भएको छ । पदीय आचरणविपरीत काम गर्ने र आर्थिक लाभ लिने कर्मचारीलाई कारबाही गरेको मन्त्रालयले जनाएको छ ।  वन क्षेत्रबाट निलम्बन र विभागीय कारबाही पर्नेमा अधिकांश जिल्ला वन अधिकृत (डिएफओ) र सहायक वन अधिकृत (सहायक डिएफओ) छन् ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगानाले ०७० भदौदेखि ०७५ चैतसम्मको पाँचवर्षे अवधिमा ४८ जना निलम्बन र ४० जनालाईं विभागीय कारबाही गरिएको जानकारी दिए । निलम्बन परेका अधिकांशको मुद्दा विचाराधीन अवस्थामा छ । 

दुईदेखि पाँच वर्षसम्म तलब वृद्धि गर्ने गरी ती कर्मचारीमाथि कारबाही गरिएको ढुंगानाले बताए । ‘वन क्षेत्रबाट निलम्बन र विभागीय कारबाही पर्नेमा सीधै घुस लिएका कर्मचारी कम छन्,’ ढुंगानाले भने, ‘कानुनविपरीत कार्य गरेका, आर्थिक लाभ लिने गरी सहभागी भएका र आफ्नो जिम्मेवारी पूरा नगरी लापरबाही गरेका धेरै छन् ।’ 

सरकारी वकिलको कार्यालय र जिल्ला वन कार्यालयले दाबी गरेको बिगो रकममा अन्तर पार्ने कर्मचारी कारबाहीमा परेका छन् । मन्त्रालयको तथ्यांकअनुसार चारजना जिल्ला वन अधिकृत र सहायक वन अधिकृत ३३ जना निलम्बनमा परेका छन् । यस्तै, फरेस्टर ६, रेन्जर तीन र दुईजना वनरक्षक छन् । सहायक वन अधिकृत २५, वन रक्षक ११, जमदार दुई र दुईजना वन कार्यालय सहयोगी विभागीय कारबाहीमा छन् । 

पाँच वर्षमा निलम्बन भएका ४८ कर्मचारीको नामावली