मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १३ शुक्रबार १८:४०:००
Read Time : < 1 मिनेट
विश्व

अम्बानीले बोक्ने ब्यागकाे मूल्य सवा ४ करोड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १३ शुक्रबार १८:४०:००

विश्वका अर्बपति तथा भारतका सबैभन्दा धनी मुकेश अम्बानीकी पत्नी तथा रिलायन्स कम्पनीका अध्यक्ष निता अम्बनी चर्चामा आइरहने गर्छिन । विश्वका अनेक महंगो ब्रान्डमा सामान उपयोग गरेको विषयमा बढी चर्चामा आउने उनी पुनः चर्चामा आएकी हुन् । यसको खास कारण भने उनले बोकेको ब्याग रहेको छ ।

अम्बानीले बोकेको ब्यागमा करिब २ सय ४० वटा हिरा जडित रहेको छ । हिरा जडित यस ब्यागको मूल्य करोडौ रहेको जनाएको छ । हर्मिस हिमालय बिर्किन कम्पनीले बनाएको ब्यागको मूल्य ४ करोड १६ लाख नेपाली रुपैयाँ रहेको समाचार जनाएको छ ।

सुन र हिराबाट बनेको ब्याग बोकेकी अम्बानीले सबैको ध्यान तान्न सफल भएकी छन् । उनले बोकेको ब्यागमा १८ क्यारेक्टरको सुनसमेत जडित रहेको जनाएको छ । फोटोमा अम्बानीसहित अभिनेत्री करिना कपुर र करिस्मा कपुर रहेकी छन् । एजेन्सी