Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टिमोथी स्निडर
२०७५ पौष १७ मंगलबार १२:५६:००
Read Time : > 3 मिनेट
टर्निङ प्वाइन्ट्स-२०१९

अधिनायकवादको कायर अनुहार 

Read Time : > 3 मिनेट
टिमोथी स्निडर
२०७५ पौष १७ मंगलबार १२:५६:००

हामीले सबैभन्दा पहिले अनुहार देख्छौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुहार होस् वा हंगेरीका प्रधानमन्त्रीको, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अनुहार होस् वा टर्कीका राष्ट्रपति रेसिप ताइप एडर्गनको, यी सबै अनुहारले प्रजातन्त्रलाई व्यक्तित्वको आस्थामा रूपान्तरण गर्ने इच्छा राख्छन् । व्यक्तित्वको आस्था जागृत त्यसवेला हुन्छ जब कुनै राष्ट्रको सत्ता वा व्यक्तिले मिडिया, प्रचारबाजी, प्रदर्शनका माध्यमबाट कुनै नेताको छविलाई आदर्शवादी, राष्ट्रवादी, बहादुर तथा पूजनीय बनाउँछ वा बनाउने प्रयास गर्छ । 

नेतृत्वको सबैभन्दा पुरानो चिह्न अनुहार नै हो, त्यस्तो चिह्न जसले जाति वा सम्प्रदायका लागि काम गर्छ । अनुहार मात्र देख्ने हो भने नीति वा राजनीतिबारे हामी सोचिरहेका छैनौँ । बरु, नयाँ सत्ता र यसका नियमलाई स्विकारिरहेका छौँ । तर, प्रजातन्त्र जनतासँग सम्बन्धित छ, कुनै एकजना पौराणिक पात्र बनाइएका व्यक्तिसँग होइन । 

जनतालाई सत्यको अवश्यकता पर्छ जसलाई व्यक्तित्वको आस्थाले ध्वस्त बनाइदिन्छ । प्राचीन ग्रिक्सबाट ‘इन्लाइन्टमेन्ट’ हुँदै वर्तमान कालखण्डमा प्रतिपादित प्रजातन्त्रका सिद्धान्तले विश्वले समझदारीलाई स्वीकार गर्छ भन्ने मान्यता राखेका छन् । अन्य नागरिकसँगै हामी पनि तथ्य र वास्तविकताको खोजी गर्छौँ । तर, व्यक्तित्वको आस्थामा सत्यलाई विश्वासले विस्थापित गर्छ । र, नागरिकले जे विश्वास गरून् भन्ने नेता चाहन्छन्, हामी त्यही नै विश्वास गर्छौँ । अनुहारले मस्तिष्कलाई विस्थापित गरिदिन्छ । 

वर्तमान अधिनायकवादी नेताले मझौला झुट बोल्ने गरेका छन् । अनुभवभन्दा बाहिरी आवरणलाई उनीहरूले ग्राह्यता दिने गर्छन् । भावनाको गुफाभित्र रहेको गहिराइमा हामीलाई खिच्न चाहन्छन् । 

प्रजातन्त्रदेखि व्यक्तित्वको आस्थासम्मको रूपान्तरण कुनै नेताबाट सुरु हुन्छ जो सत्यलाई बंग्याउन सम्पूर्ण समय झुटो मात्रै बोल्न चाहन्छ । अनि यस्तो रूपान्तरणले त्यसवेला पूर्णता पाउँछ जब सत्य र भावनाबीचको भिन्नतालाई मानिसले छुट्याउन सक्दैनन् । व्यक्तित्वको अस्थाले जहाँ पनि एकै तरिकाले काम गर्छ । अनुहारले कुनै हिसाबबाट राष्ट्रको प्रतिनिधित्व गर्छ भन्ने त्रुटिपूर्ण धारणामा व्यक्तित्वको आस्था अडिएको हुन्छ । व्यक्तित्वको आस्थाले हामीलाई सोच्नेभन्दा पनि अनुभूति गर्ने बनाउँछ । राजनीतिको पहिलो प्रश्न ‘संसार कस्तो छ र यसबारे हामी के गर्न सक्छौँ ?’ भन्ने भन्दा ‘हामी को हौँ र तिनीहरू को हुन् ?’ भन्ने प्रश्नको अनुभूति आस्थामा अडिएका नेताहरूले गराउन चाहन्छन् । राजनीति ‘हामी र उनीहरू’सँग सम्बन्धित छ भनी एकपटक स्विकारेपछि आफू को हौँ भन्ने अनुभूति हामी गर्न थाल्छौँ किनभने उनीहरू को हुन् भन्ने अनुभूति हामीले गरिसकेका हुन्छौँ । वास्तवमा, त्रास र चिन्ता (पशु मनोभाव)लाई राजनीतिको आधार बनाएका कारण हामीले केही जानेका हुँदैनौँ । हामीमाथि खेलिएको छ । 

वर्तमान अधिनायकवादी नेताले मझौला झुट बोल्ने गरेका छन् । अनुभवभन्दा बाहिरी आवरणलाई उनीहरूले ग्राह्यता दिने गर्छन् । भावनाको गुफाभित्र रहेको गहिराइमा हामीलाई खिच्न चाहन्छन् । बाराक ओबामा अफ्रिकामा जन्मिएका मुसलमान हुन् (रुसी समर्थनमा आएको अमेरिकी झुट) वा हिलारी क्लिन्टन बालबालिकाप्रतिको यौन पिपासु हुन् (अमेरिकनको समर्थनमा आएको रुसी झुट) लाई विश्वास गर्ने हो भने वास्तवमा मस्तिष्कको प्रयोग हामी गरिरहेका छैनौँ, यौनजन्य तथा शारीरिक त्रासलाई हामी मार्गप्रशस्त गरिरहेका छौँ ।

यी मझौला झुट सर्वसत्तावादीको ठूला झुटजस्तै छैनन् । बरु, जर्ज सोरोसलाई यहुदी षड्यन्त्रका नेता भनी ओबामाले गरेको आक्रमण सर्वसत्तावादी झुटको केही नजिक छ । यद्यपि, तथ्यपरक विश्वलाई निष्क्रिय बानाउन अधिनायकवादी मझौला झुटहरू नै काफी छन् । एकपटक हामीले यी झुट स्विकारिसकेपछि स्वयंलाई खुला गरेर हामी झुटको अन्य पोकोलाई विश्वास गर्न थाल्नेछौँ वा कम्तीमा पनि अझै गहिरा षड्यन्त्र छन् भन्ने शंका हामीले गर्नेछौँ । परिणामस्वरूप अधिनायकवादी नेताको अनुहार एउटा झन्डा बन्नेछ जुन हामी र उनीहरूबीचको मानकचिह्न पनि हो । इन्टरनेट र सोसल मिडियाले यस्तो दोहोरो तवरबाट राजनीतिलाई हेर्न हामीलाई मद्दत गरिरहेका छन् । कम्प्युटरको अगाडि बस्दै गर्दा हामी विकल्प रोजेको कल्पना गर्छौँ । तर, अनलाइनमा कसरी राख्छ सकिन्छ भन्ने ज्ञान भएको ‘एल्गोरिदम्स’ले प्रयोगकर्ताका लागि यस्तो विकल्प बनाइदिएको छ । सबैभन्दा नकारात्मक पक्ष भय र चिन्ता हो भनी प्रयोगकर्ताको अनलाइन क्रियाकलापले मेसिनलाई सिकाउँछ । सोसल मिडिया राजनीतिक प्रशिक्षण केन्द्र बनेपछि राजनीतिज्ञका लागि प्रयोगकर्ता दुई विपरीत पक्षमा विभाजित बन्नुपर्ने अवस्था सिर्जना हुन्छ । हामीलाई केले भयभीत बनाउँछ अनि केले सुरक्षित अनुभूति गराउँछ ? उनीहरू को हुन् र हामी को हौँ ? भन्नेजस्ता पारस्परिक विपरीत पक्ष हामी बन्नुपर्ने हुन्छ । 

व्यक्तित्वको आस्था सिर्जना गर्न विगतमा स्मारकको प्रयोग गरिन्थ्यो, अहिले मिमी (इन्टरनेटमा छरिने तस्बिर, मिडिया, लेख)को आवश्यकता पर्छ । विगतका तानाशाहका बढेमान सालिकहरूले सार्वजनिक स्थानलाई उपभोग गरेझैँ अहिले सोसल मिडियाले सार्वजनिक कल्पनाको उपयोग गरेको छ । 

व्यक्तित्वको आस्था सिर्जना गर्न विगतमा स्मारकको प्रयोग गरिन्थ्यो, अहिले मिमी (इन्टरनेटमा छरिने तस्बिर, मिडिया, लेख)को आवश्यकता पर्छ । विगतका तानाशाहका बढेमान सालिकहरूले सार्वजनिक स्थानलाई उपभोग गरेझैँ अहिले सोसल मिडियाले सार्वजनिक कल्पनाको उपयोग गरेको छ । तर, तानाशाहहरूको पनि मृत्यु हुन्छ भन्ने यथार्थलाई यी स्मारक तथा सालिकले हामीलाई सम्झाइदिन्छन् । 

व्यक्तित्वको आस्था आफैँमा रित्तो र बाँझो हुन्छ । आफैँमा यसले केही उत्पादन गर्न सक्दैन । व्यक्तित्वको आस्था कुनै अस्थायी पूजा मात्र हो । यसकारण, यो द्विविधायुक्त र कायरताले भरिएको हुन्छ । यस्ता नेताले आफू एक दिन मर्नुपर्छ र आफ्नो ठाउँ अरू कसैले लिन्छ भन्ने सोच्न सक्दैनन् । अनि, भाविष्यप्रतिको जिम्मेवारीको अंश आफूले पनि बोक्नुपर्छ भन्ने यथार्थलाई नागरिकले पनि भुलेर नेतालाई यस्तो भ्रममा पार्न मद्दत गर्छन् । व्यक्तित्वको आस्थाले देशको अगाडि बढ्ने क्षमतालाई भुत्तो बनाइदिन्छ । व्यक्तिको आस्थालाई स्विकारेपछि नेतालाई रोज्ने अधिकार मात्र हामीले गुमाउँदैनौँ, भविष्यमा उपयुक्त नेता छान्न मद्दत गर्ने क्षमता र निकायलाई समेत कमजोर बनाउनेछौँ । प्रजातन्त्रभन्दा बाहिर मोडिएपछि हामी भविष्य दिने प्रजातन्त्रको उद्देश्य भुलिदिन्छौँ । व्यक्तित्वको आस्था एकजना व्यक्ति सबै सही हुन्छ भनी दाबी गर्छ, जसका कारण उसको मृत्युपछि अस्तव्यस्तता मात्र छाउँछ । हामी सबैले गल्ती गर्छौँ, तर सच्याउने मौका हामीले पाउँछौँ भन्ने मान्यता प्रजातन्त्रले राखेको छ । साहसिक तवरबाट राष्ट्र बनाउनु नै प्रजातन्त्र हो । तर, कायरतपूर्वक राष्ट्रलाई ध्वस्त बनाउनु नै व्यक्तित्वको आस्था हो ।ह