१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रोगर कोहेन
२०७५ पौष १७ मंगलबार ११:४०:००
Read Time : > 5 मिनेट
टर्निङ प्वाइन्ट्स-२०१९

नामविनाको एउटा युग

Read Time : > 5 मिनेट
रोगर कोहेन
२०७५ पौष १७ मंगलबार ११:४०:००

डाेनाल्ड ट्रम्पको तीव्र अहंकारले हतारमा ल्याएको परिवर्तनको कुहिरोबाट आएका केही नयाँ आदेशले निश्चित रूप धारण गरेको छ । तर, त्यसको स्वरूप अझै पनि अस्पष्ट छ । संकटको वाचा गर्दै बेसुरको आवाजमा चिच्याउँदै कहिलेकाहीँ धेरै टाउको भएको एउटा जन्तु प्रकट होला जस्तो देखिन्छ । सम्भवतः त्यसले २१औँ शताब्दीको वाचा अवमूल्यन गर्छ ।

दुईध्रुवीय र एकध्रुवीय संसारपछि यो नामविनाको युग हो । युद्धपछिको दशकमा अमेरिकालाई लक्ष्य प्रदान गरेको विचार (स्वतन्त्रताको विस्तारदेखि नियममा आधारित अन्तर्राष्ट्रिय आदेश) अहिले त्यागिएको छ । अमेरिका र उसका गठबन्धनहरूलाई फाइदा हुने अमेरिकी प्रबुद्ध स्वार्थलाई ट्रम्पको ‘अमेरिकी पहिलो’ भन्ने स्वअहंकारले विस्थापित गरिदिएको छ ।

घृणाजनक पाइला अगाडि बढेको छ । डोनाल्ड ट्रम्पको राष्ट्रपतित्वसँगै शुक्रबारलाई स्मरण गर्न असम्भव भएको छ, बरु त्यो घृणित सोमबार देखिएको छ । दुर्गन्धलाई पनि सामान्यीकरण गर्न सकिन्छ । ग्रहण गर्ने मानवीय स्वभाव हो । विश्वव्यापी संस्कृतिलाई रसिया, साउदी अरेबिया, चीन र ‘ट्रम्पको अमेरिका’मा जस्तै बढ्दो रूपमा धनी र मूल्यहीन सम्भ्रान्तले परिभाषित गरेका छन् । जबकि यो सम्पत्तिबाट वञ्चितहरू आक्रोश र अन्धो राष्ट्रवादतर्फ मोडिएका छन् । यो उन्माद रिच एसियन भर्सेस हिलबिली इल्जी हो ।

अमेरिकी शब्दले आफ्नो मूल्य गुमाएको छ । र, सन् १९४५ पछिका दशकमा अमेरिकी शब्द संसारको सुरक्षा केन्द्रबिन्दुमा थियो । व्यावसायिक युद्ध जित्नेबाहेक अन्य कुनै अमेरिकी एजेन्डा नभएको अहिलेको शून्यतामा चीनको उदय भएको छ । दण्डहीनता विस्तार भएको छ । शक्तिशाली विश्व नेताको संख्यामा वृद्धि भएको छ र तानाशाहको स्वतन्त्र लगाम छ । मूल्य भन्ने शब्द विचित्र देखिन्छ । सूचनालाई नियन्त्रण गर्ने दमनकारी राष्ट्र चीनले कलेज ग्य्राजुयटमा विश्वको नेतृत्व गर्छ । अधिनायकवाद र स्वतन्त्र प्रजातन्त्रबीचको विचारको प्रतिस्पर्धा हल्का सन्तुलित देखिन्छ ।

कुनै वेला कल्पना नै गर्न नसकिने विषयमा हामी थाहा नभएको बहाना गर्छौं । मेक्सिको सीमामा हजाराैँ बालबालिकालाई आफ्ना अभिभावकबाट अलग गरिएको छ । राष्ट्रपतिको कार्यालय ओभल अफिसबाट दैनिकजसो झुटा विज्ञप्ति जारी हुन्छन् । अचेल निकै अस्वाभाविक घटनाक्रम भइरहेका छन् । जनताको शत्रु मान्दै अमेरिकी राष्ट्रपति ट्रम्प प्रेसलाई हमला गर्छन् । सिएनएनका संवाददातालाई लज्जित गर्ने प्रयासस्वरूप ह्वाइटहाउसले भिडियो तोडमोड गर्छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई भन्दा अमेरिकी गुप्तचर सेवालाई कम विश्वास गर्छन् । उत्तर कोरियालाई पासविकको संज्ञा दिने ट्रम्प उत्तर कोरियाली नेतालाई भने महान् व्यक्तित्व सम्झन्छन् ।

ओहो ! मैले प्रथम विश्वयुद्धको सय वर्ष पुगेको अवसरमा फ्रान्सको एस्नी मार्नी अमेरिकन सिमेन्ट्रीमा वर्षाको कारण देखाउँदै ट्रम्पले भ्रमण स्थगित गरेको विषयलाई झन्डै बिर्सेको । हामीलाई थाहा छ, ट्रम्प पानीलाई घृणा गर्छन्, किनकि यसले उनको कपालमा असर गर्छ । स्मरण होस्, सो सिमेन्ट्रीका २२५० अमेरिकीले आफ्नो जीवन आहुति दिएका थिए । राष्ट्रपतिको भूमिकामा झन्डै दुई वर्ष बित्नै लाग्दा ट्रम्पले अहिलेसम्म अफगानिस्तान वा अन्य कुनै युद्ध क्षेत्रमा रहेका अमेरिकी सेनालाई भेट गरेका छैनन् ।

अस्तव्यस्त, ढोंगी, द्विविधायुक्त नारा र नैतिक रूपमा भ्रष्ट । ट्रम्पको राष्टवादका विशेषता यिनै हुन् । चिनियाँ राष्ट्रपति सी जिन पिङले जीवनभर शासन गर्ने मार्ग तय गरेका छन् र ट्रम्प भन्छन्, ‘हुन सक्छ कुनै दिन हामी पनि त्यस्तो प्रयत्न गर्नेछौँ ।’ यो केही हदसम्म मजाक थियो ।

मध्यावधि निर्वाचनपछि तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्र्याटले ३७ सिटमा महŒवपूर्ण विजय हासिल गरेको छ । यो विजयसँगै ट्रम्पले जे चाह्यो, त्यो गर्न पाउने अधिकारमा अंकुश लागेको छ । आप्रवासीमाथि उनको हमला र महिलाप्रतिको घृणाले सीमा र देशभर क्षति पुर्‍याएको छ । प्रायः सभ्य अमेरिकी पूर्वाग्रह मन पराउँदैनन् । अझै पनि सन् २०२० मा ट्रम्प पुनः निर्वाचित हुने मागको ढोका खुला छ । सिनेटमा वर्चस्व रहेको ट्रम्पको रिपब्लिकनले फ्लोरिडामा आफ्नो शक्ति देखाएको छ । फ्लोरिडा हरेक राष्ट्रपति निर्वाचनमा एउटा महत्वपूर्ण राज्य मानिन्छ ।

सन् २००८ मा भएको आर्थिक मन्दीको एक दशकपछि विपत्बाट सकुशल उम्किएका सम्भ्रान्त वर्गको वैभव र बढ्दो असमानताप्रतिको आक्रोशले अझै पनि विश्वभर उग्रराष्ट्रवादको छाललाई पक्षपोषण गरेको छ । ब्राजिलको राष्ट्रपतिमा जेर बोलसोनाराको विजय यस्तो प्रवृत्तिको पछिल्लो उदाहरण हो, जसले ट्रम्पलाई शक्तिमा पुर्‍याएको थियो ।

हंगेरीमा लन्डनको स्वतन्त्रताका लागि तीव्र इच्छा देखाएको समाज थियो, सोभियत सर्वसत्ताबाट पेरिस विकसित भएको थियो । र, प्रधानमन्त्री भिक्टोर ओरबानको नेतृत्वमा रहेको पश्चिम यस्तो ठाउँ बनेको छ, जहाँ परिवार, चर्च, राष्ट्र, विवाह र लिंगसम्बन्धी परम्परागत धारणा सजिलै अटाउँछन् । ओरबानले युरोपको स्वतन्त्रताका लागि नयाँ मोडल ल्याएका छन् । सैद्धान्तिक कदमका लागि फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोंसँग उनको द्वन्द्वले युरोपेली युनियनलाई दिशानिर्देश गर्नेछ । सन् २०१९ मा बेलायतले बे्रजिक्ट प्रक्रिया सम्पन्न गर्छ वा गर्दैन भन्ने इयूमा निर्भर पर्छ ।

पछिल्लो दशकमा चीनले ८० करोड मानिसलाई गरिबीबाट मुक्त गरेको छ । किन चीनले आफूलाई शंका गर्ने ? बेइजिङले आफूले आफैँलाई अहिले उदार प्रजातान्त्रिक मोडलको प्रस्ट विकल्प प्रदान गरेको छ ।
 

ब्रेजिक्ट निर्णय एक प्रकारको मूर्खता पुष्टि भएको छ र निर्णय निरन्तर उदार छ । ट्रम्प निर्वाचित भए जस्तै युरोपेली युनियन छाड्ने पक्षमा बेलायतमा भएको जनमतसंग्रह पनि अस्तव्यस्तताप्रति तीव्र इच्छाको एउटा लक्षण थियो । एकचौथाइ शताब्दीपछि उदार प्रजातन्त्र जोखिममा देखिन्छ । स्वतन्त्र बजारमाथि हमला भएको छ । यस्तै हमला आप्रवासी र मानवअधिकारमा भएको छ ।

शारीरिक परिश्रम गर्ने मजदुर, मध्यमवर्गीयको ज्याला वृद्धिमा सुस्तता जस्ता विषयले एउटा खन्डहर समाजलाई प्रश्रय दिएको छ । अमेरिकामा इमानदार भन्ने शब्दको अब सर्वस्वीकार्य अर्थ छैन । डेमोक्र्याटिकको विचारमा इमानदार शब्द सत्यको समरूपता हो । ट्रम्पको देशमा यो शब्द ‘जस्तै छ’ भनेर भन्नु हो । सोही मापदण्डका आधारमा उनका समर्थकमाझ ट्रम्प अहिलेसम्मकै इमानदार व्यक्ति हुन् ।

साझा शब्द संग्रहको अभाव र समाजिक सञ्जालमा तीव्र द्वन्द्वले सम्झौतामा पुग्ने पश्चिमा प्रजातन्त्रको क्षमतालाई नजरअन्दाज गरिएको छ । जीवनमा तपाईंले चाहेको ७० प्रतिशत मात्र पाउनुभयो भने तपाईं आफूले राम्रो गरेको अनुभूति गर्नुहुन्छ । तर, आजभोलि कुनै पनि अमेरिकी राजनीतिज्ञले ‘मैले चाहेकोमध्ये केबल ७० प्रतिशत प्राप्त गरेँ,’ भन्दैन ।

राष्ट्रपति सी जिन पिङको नेतृत्वमा अझै बढी तानाशाही दिशामा अकस्मात मोडिएको चीनको कुनै चिन्ता छैन । चीनले योजना तय गर्छ, कार्यान्वयन गर्छ र तीव्र गतिमा अगाडि बढ्छ । पछिल्लो दशकमा चीनले ८० करोड मानिसलाई गरिबीबाट मुक्त गरेको छ । किन चीनले आफूलाई शंका गर्ने ? बेइजिङले आफूले आफँैलाई अहिले उदार प्रजातान्त्रिक मोडलको प्रस्ट विकल्प प्रदान गरेको छ ।

ट्रम्प बेइजिङका लागि उत्तम छन् । अमेरिकाको घरेलु राजनीतिक दुर्बलता, अमेरिकी नैतिक प्रभुत्वमा गिरावट, अन्तर प्रशान्त साझेदारीप्रति ट्रम्पको अस्वीकार, जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अलग । यी सबै विषयले चीनलाई फाइदा पुगेको छ । युरोप, ग्रिसदेखि सर्बियासम्म चीनले अफ्रिकी मोडलको खोजी गरिरहेको छ ः स्रोतसाधन र पूर्वाधार नियन्त्रण गर्न जे सकिन्छ, त्यही किन्ने ।

व्यापारलाई लिएर ट्रम्पले द्वन्द्व चाहेका छन् र उनका केही वैध गुनासा छन् । तर, चीनसँग आमनेसामने गर्न सशक्त भूराजनीतिक नीति तय गर्न विफल हुँदा विद्यमान शुल्कसम्बन्धी द्वन्द्व उनका लागि स्वाभाविक चिढचिडाहट भएको छ । राष्ट्रपतिले उत्तर कोरियामा किम जोङ उनलाई गरेको अनौठो अंकमालले पनि चीनको अडानलाई सशक्त बनाएको छ । राष्ट्रपतिले कमजोरी देखाउँछन् र छुट दिन्छन्, तर बदलामा प्रस्ट देखिने केही पाउँदैनन् । त्यो चिनियाँ स्वार्थका लागि राम्रो हुनेछ, तर ट्रम्पका लागि मूर्खतापूर्ण कार्य हुनेछ ।

सीको नेतृत्वमा चिनियाँ विस्तारवाद र शीतयुद्धको समयमा युरोपको केही तनावसँगै उत्तर कोरियाको अस्थिरताले पूर्वी एसियालाई रंग प्रदान गरेको छ । अन्यायपूर्ण व्यापार अभ्यासलाई लिएर एसिया प्रशान्त आर्थिक सहयोग सम्मेलनमा अमेरिका र चीनबीचको द्वन्द्व यति प्रस्ट देखियो कि सम्मेलनपछि कुनै घोषणा जारी गरिएन । शिखर सम्मेलनको इतिहासमा पहिलोपटक सहभागी मुलुकले बैठकपछि घोषणापत्र सार्वजनिक गर्न चुके । सन् ०५० सम्म आफ्नो वृद्धि पूरा गर्न क्षेत्रीय र विश्वव्यापी स्थिरताको खोजीमा रहेको चीनको अमेरिकासँग सैन्य झडपभन्दा तल्लो तहको द्वन्द्व रहनेछ भन्ने मेरो विश्वास छ ।

अमेरिकी प्रेसको जोसले ट्रम्पको शक्तिमा केही सीमा देखाउँछ । कानुन मन्त्रालय, देशकै सबैभन्दा राम्रो सञ्चारमाध्यमलगायत अमेरिकी संस्थामाथि उनको आक्रमणले जटिल खोजी पत्रकारिताको आवश्यकताबारे बढ्दो चेतनालाई प्रोत्साहन गरेको छ । न्युयोर्क टाइम्सलगायत पत्रपत्रिकाको अनलाइन शुल्क वृद्धि भएको छ । यो सुखद खबर हो । ट्रम्पको वाक्यांश ‘फेक न्युज’को असर पर्न थालेको छ । यो वाक्यांश तपाईंहरूले विश्वभर सुन्नुहुन्छ । ट्रम्पले सञ्चारकर्मीको पेसाबारे खुला बैठकको घोषणा गरेका छन् । वासिंगटन पोस्टका स्तम्भकार जमाल खसोगीको इस्तानबुलस्थित साउदी कन्सुलेटमा गरिएको तुच्छ हत्या यसको सबैभन्दा खराब उदाहरण हो ।

निष्पक्ष र सत्यको कठोर खोजीलाई ‘फेक’ भनेर तिरस्कृत गरिएको छ । ह्वाइटहाउसले सत्यको नाममा पूर्ण गल्ती र हल्ला फिँजाएको छ । द्विविधा सुरु भएको छ । ट्रम्प उत्तेजित अस्तव्यस्तता चाहन्छन् । त्यसको जवाफमा डेमोक्र्याटिक पार्टीले फोकस गुमाउनुहुन्न । ट्रम्पलाई हराएर नै राष्ट्रपतिबाट पदमुक्त गर्नुपर्छ । कुनै वेला रसियाविरोधी, अन्तर्राष्ट्रियतावादी कहलिएका रिपब्लिकनहरू अहिले त्यस्ता छैनन् । डेमोक्र्याटिक पनि संक्रमणकालमा छन् । महत्वपूर्ण ऊर्जा र प्रगतिशील व्यक्तिले विजय गरेको अवस्थामा डेमोक्र्याटिकका साथीहरू वामको पक्षमा लाग्ने ? वा, पार्टीले केन्द्रको नयाँ भाव खोजी गर्ने ? मलाई लाग्दैन कि एउटा वामपन्थी डेमोक्र्याटिक टिकटले ट्रम्पलाई सजिलै हटाउन सकिन्छ । तटस्थ ट्रम्पको देशसँग सम्पर्क नभएको उम्मेदवारले त्यो गर्न सक्छ भन्ने मलाई विश्वास लाग्दैन । स्टेटन टापुका म्याक्स रोज र कोलोराडोका ज्यासन क्रोको स्वास्थ्य र शिक्षामा जोडसँगै कडा देशभक्तिको भावनाले रिपब्लिकनको किल्लामा विजय हासिल गर्न सक्छन् भन्ने देखाएका छन् । अरिजोना सिनेटमा क्रिस्टेन साइनमाको विजयले पनि नरमपन्थी वा मध्यममार्गीको अपिल प्रस्ट पारेको छ । तीव्र समाधान र देशभक्ति भावनासहित मध्यमवर्गीय अमेरिकीलाई व्यावहारिक परिणाम दिनु ट्रम्पलाई हराउने सबैभन्दा उपयुक्त तरिका हो ।

ट्रम्पको चारवर्षे कार्यकालपछि अमेरिका पुनः तंग्रिन सक्नेछ । तर, अझै कठिनाइ पनि सामना गर्नुपर्नेछ ।

रोगर कोहेन न्युयोर्क टाइम्सका स्तम्भकार हुन् । सन् १९९० मा सो पत्रिकामा आबद्ध भएका उनी विदेश मामिलासम्बन्धी संवाददाता र परराष्ट्र सम्पादकको भूमिकामा थिए ।