१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ पौष १७ मंगलबार ११:४४:००
Read Time : < 1 मिनेट
टर्निङ प्वाइन्ट्स-२०१९

नेपाली पाठकका नाममा...

Read Time : < 1 मिनेट
२०७५ पौष १७ मंगलबार ११:४४:००

अन्तर्राष्ट्रिय घटनाक्रममाथि नेपाली मिडियाको ज्ञान र पहुँचका सीमा छन् । आफ्नै सामर्थ्यले पाठकलाई दिन नसक्ने सूचना र विश्लेषण ‘नयाँ पत्रिका’ले प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूसँगको सहकार्यबाट पूरा गर्ने प्रयास गरिरहेको तथ्य पाठकको जानकारीमा छ । ‘द न्युयोर्क टाइम्स’ र ‘प्रोजेक्ट सिन्डिकेट’लगायतका मिडिया र एजेन्सीसँगको सहकार्यमा ‘नयाँ पत्रिका’ले हरेक दिन कम्तीमा दुईवटा विश्लेषण अनुवाद गरेर प्रकाशन गर्दै आएको छ । त्यही कडीमा आज अंग्रेजी नयाँ वर्षमा हामीले ‘द न्युयोर्क टाइम्स’सँगको सहकार्यमा ‘टर्निङ प्वाइन्ट्स : ग्लोबल एजेन्डा–२०१९’ शीर्षकमा अन्तर्राष्ट्रिय विशेषांक प्रकाशन गरेका छौँ ।

पृथ्वी अब गोलो वा चेप्टो रहेन, समतल भइसक्यो भन्ने धेरैको निष्कर्ष छ । हुन पनि भूमण्डलीकृत विश्वमा सबै देश अन्तरप्रभावित छन् । सुदूरपश्चिमका गतिविधि, तिनका परिणाम र संकेतहरूबाट सुदूरपूर्वका देश पनि लगभग समान रूपमा प्रभावित हुन थालेका छन् । यो संस्करणमा पाठकले सन् २०१८ ले संसारमा छाडेका पदचाप, त्यसका असर र प्रभाव अनि सन् २०१९ का लागि संकेतहरू पढ्न सक्नुहुनेछ । आजका आर्थिक, सामाजिक, वैज्ञानिक, सांस्कृतिक र पर्यावरणीय जटिलताहरू, मान्छे र राष्ट्रका संघर्षहरू अनि अहिलेको विश्वका पात्र र प्रवृत्तिहरू बुझ्न यो विशेषांक एउटा सानो आँखीझ्याल पक्कै बन्नेछ भन्ने हाम्रो विश्वास छ । यसमा केवल विश्लेषण होइन, बरु तथ्य, तस्बिर, कार्टुन र ग्राफिक्सहरूबाट पनि संसारलाई चियाउने प्रयास गरिएको छ ।

‘नयाँ पत्रिका’ अझ धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको सहकार्यबाट पाठकलाई थप सूचना र विश्लेषण दिन प्रयत्नरत छ । भविष्यमा हामी यस्ता संस्करणको संख्या अझ बढाउनेछौँ ।


देवकोटा नयाँ पत्रिका दैनिकका अध्यक्ष तथा सम्पादक हुन् ।