मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार १३ शुक्रबार ०६:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

निषेधित क्षेत्रमा पार्किङ गर्ने पाँच हजार चालकलाई कारबाही

सहसचिव, डिआइजी, सहन्यायाधिवक्तालगायतका सवारी पनि नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार १३ शुक्रबार ०६:२१:००

प्रहरीले आठ महिनाको अवधिमा निषेधित क्षेत्रमा पार्किङ गरिएका पाँच हजार एक सय ५५ सवारीसाधनका चालकलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई कारबाही गरेको हो । कारबाहीमा पर्ने सबै निजी प्रयोजनका कार, जिप र मोटरसाइकलका चालक छन् । उनीहरूलाई ट्राफिक प्रहरीले जनही एक हजार रुपैयाँ कारबाही गरेर छाडेको छ ।  महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले निषेधित क्षेत्रमा पार्क गरेर सवारीसाधनको आवागमन नै प्रभावित भएको भेटिएपछि कारबाही गरेको बताए । 

उनले भने, ‘सोफेस्टिकेट गाडी छन् । तर, पार्क भने निषेधित क्षेत्रमा गरिएका छन् । यसले सवारी आवागमनमा नै असर गरेको पाइयो । पब्लिकबाट व्यापक जनगुनासो आएपछि ट्राफिक प्रहरी कारबाहीमा उत्रियो ।  अभियान सुरु भएको आठ महिनामै हामीले पाँच हजार एक सय ५५ सवारीसाधनलाई कारबाही गरेका छौँ ।’ निषेधित क्षेत्रमा पार्किङ गरिएका सवारीसाधनविरुद्ध ट्राफिक प्रहरीले ८ मंसिरदेखि अभियान सुरु गरेको थियो । कारबाहीमा पर्नेमा नेपाल प्रहरीका डिआइजी, गृह मन्त्रालयका  सहसचिव र उपसचिव, सरकारी वकिल कार्यालयका सह–न्यायधिवक्ताका गाडीसमेत छन् । 

कारबाहीमा पर्ने अधिकांश भने सर्वसाधारणका सवारी छन् । एसएसपीबपन्तले भने, ‘निषेधित क्षेत्रका पार्किङ गर्ने सर्वसाधारण मात्र छैनन् । सरकारका उच्च तहका अधिकारीसमेत छन् । हामीले नेपाल प्रहरीकै डिआइजीविरुद्ध कारबाही गरेका छौँ । गृह मन्त्रालयका उच्च अधिकारी चढ्ने गाडीलाई पनि हामीले छाडेका छैनौँ । सरकारी वकिल कार्यालयका उच्च अधिकारी पनि कारबाहीमा परेका छन् । यो एउटा सुशासनको लहर हो । यसमा सबैले सहयोग गरेका छन् । गर्नु पनि पर्छ ।’