मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १२ बिहीबार १८:४७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

अनुप र नम्रतालाई फ्यानहरुले भने : ‘रियल कपल हुनुपर्छ’ [फाेटाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १२ बिहीबार १८:४७:००

अनुप विक्रम शाही र नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘जाइरा’ प्रदर्शनको संघारमा छ । फिल्मको प्रमोसन पनि व्यापक भएको छ । साथै फिल्मको एक गीत पनि साार्वजनिक भएको छ । गीतमा दुवै रोमान्टिक देखिएका छन् भने किस सिन पनि राखिएको छ । 

गीत युट्युब मार्फत सार्वजनिक भएपछि दुवैको फ्यानहरुबाट कमेन्टको ओइरो लागेको छ । सबैले सकरात्मक प्रतिक्रिया दिइरहेका छन् । एकजनाले लेखेका छन्, ‘ओ माइ गड, यिनीहरु रियल कपल हुनसक्छन् । सो अमेजिङ एण्ड लभली टुगेदर ।’ कसैले अहिलेसम्मकै वेस्ट कपल भनेका छन् । उनीजस्तै धेरै फ्यानहरुले अनुप र नम्रताको जोडीलाई रियल कपल हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

गीत सार्वजनिक कार्यत्रममा दुवैले नृत्य पनि पस्केका थिए । यस्तै गीत सार्वजनिक कार्यक्रममा खिचिएको अनुप र नम्रताको रोमान्टिक फोटोहरु । 


तस्बिर ः सञ्जित परियार