Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सर्ज स्मेमन
२०७५ पौष १७ मंगलबार ११:४६:००
Read Time : > 1 मिनेट
टर्निङ प्वाइन्ट्स-२०१९

सन् २०१९ तर्फ फड्को

Read Time : > 1 मिनेट
सर्ज स्मेमन
२०७५ पौष १७ मंगलबार ११:४६:००

न्युटनले सिकाएका छन् : हरेक क्रियामा बराबर, तर विपरीत प्रतिक्रिया हुन्छ । यो भौतिक विज्ञानका लागि सत्य हो भने जीवनका लागि पनि सत्य हो । साझेदारी, सहनशील, इमानदारी र मानवीय शालीनताको वर्ष हुनेछ २०१९ ।

शक्ति हत्याउन आममानिसमा भय, पूर्वाग्रह र घृणा फैलाउने नेताहरूको कुटिलता, झुट र पाखण्डविरुद्ध आएका व्यापक प्रतिक्रियाको साक्षी सन् २०१८ बनेको छ । 

शरणार्थी परिवारलाई विभाजन गर्ने कार्यप्रतिको वितृष्णा, यौन दुव्र्यवहारविरुद्ध जागेको मी टु अभियान, इन्टरनेट प्रयोगकर्ताको व्यक्तिगत तथ्यांकको सुरक्षा तथा सामाजिक सञ्जाललाई प्रोपोगान्डा, घृणा र झुटो समाचारमुक्त बनाउन ठूला प्रविधि कम्पनीमाथि बढेको दबाब, अमेरिकी मध्यावधि निर्वाचन परिणामजस्ता घटना तथा प्रवृत्तिले आशाको किरण छरेका छन् । निराशामा डुब्दै गरेको विश्वलाई सभ्य बहुमतले बाहिर तान्ने प्रयास गरिरहेको छ । 

टर्निङ प्वाइन्टमा समावेश भएका लेख–संग्रहले विभिन्न क्षेत्रलाई समेटेको छ । लेखिका म्यागी सेन किङले डाटाबाट सिर्जित अँध्यारो संसारको कल्पना गरेकी छिन् जहाँ आठ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका व्यक्तिगत डाटा लिलामी प्रक्रियामा लगिएको छ । बालकृष्ण दोषीले दिगो सहरलाई वनसँग जोडेका छन् । भेनस विलियम्सले सशक्तीकरणबारे लेखेकी छिन् । हाएओन्सेओ लीले कोरिया विभाजनको पीडा पोखेकी छिन् भने अन्य लेखकहरूले पाप र पुण्यले हामीलाई अघि बढाउने गोरेटोलाई उजागर गरेका छन् ।

आगामी दिनमा अझ उपयुक्त बाटो भेटिनेछ भनी सोच्नु बुद्धिमानी सोचाइ हुन सक्छ । तर, आउँदा वर्षका सम्भावित महत्वपूर्ण घुम्ती र मोड (टर्निङ प्वाइन्ट) के हुन सक्छन् भनी हेर्दै गर्दा हामीले अनुभव गरेका कठिनाइ तथा असफलताले बराबर र विपरीत प्रतिक्रिया पाउनेछ, अनि हामी सही मोडमा हिँड्नेछौँ भन्ने अपेक्षा लिनुपर्छ । गेरी एडम्सले लेखमा व्याख्या गरेझैँ सरकारले शालीनता र जनताको अधिकारलाई सर्वोपरि राखे निश्चय पनि प्रजातन्त्रले पछ्याउनेछ । र, सरकार असफल भए प्याट्रिक चापाटीको कार्टुनरूपी हास्य–व्यंग्य त सधैँ छँदै नै छ ।

सर्ज स्मेमन द न्युयोर्क टाइम्स एडिटोरियल बोर्डका सदस्य हुन्