१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १० मंगलबार २१:०१:००
Read Time : < 1 मिनेट
समाचार

२५ हजार घुससहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १० मंगलबार २१:०१:००

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख धनबहादुर वली घुस लिएको अभियोगमा पक्राउ परेका छन् । मंगलबार कार्यकक्षमा नै सेवाग्राहीबाट घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले रङ्गेहात पक्राउ गरेको हो । 

शिक्षक सरुवाको विषयलाई लिएर एक शिक्षकसँग २५ हजार घुस लिँदै गर्दा रकमसहित उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकृत मेघनाथ सापकोटाले जानकारी दिए । प्रमुख वलीलाई सबै प्रक्रिया पूरा गरिसकेपछि विशेष अदालतमा मुद्दा दायर गरिने उनले जानकारी दिए ।