१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असार १० मंगलबार २०:०७:००
Read Time : < 1 मिनेट
समाचार

चट्याङ लाग्दा तीन बालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ असार १० मंगलबार २०:०७:००

दाङमा चट्याङ लाग्दा तीन बालकको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजेतिर परेको चट्याङले राप्ती गाउँपालिका-३ मौरीघाट निवासी ११ वर्षीय रमित चौधरी, ११ वर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती-४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनाको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तिनै जना बालकको घटना स्थलमै मृत्यु भएको हो । साथै सोही रुखमा चढेका विनासका भाइ ८ वर्षीय अविनास गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले बताएको छ ।