मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार १० मंगलबार १९:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रहरीको गाडी दुर्घटना २ जनाको मृत्यु, ८ जना घाइते

Read Time : < 1 मिनेट
२०७६ असार १० मंगलबार १९:०७:००

रौतहटमा प्रहरीको गाडी दुर्घटना हुँदा दुई जना थुनुवाहरुको मंगलबार मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रपुरको प्रहरी गाडी दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा सुनसरी जिल्ला इनरुवा नगरपालिकाका ४० वर्षीय रमेश कुमार चौधरी र रौतहट जिल्ला चन्द्रपुर नगरपालिकाका २६ वर्षीय मुकेश भन्ने निर्मल साहको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । 

घाइतेहरुको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पताल प्रहरी विटका प्रहरी जवान खुसी कुमार चौधरीले जानकारी दिए । मृतक थुनुवाहरुको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको चौधरीले बताए । 

मंगलबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट जिल्ला प्रहरी कार्यालय गौर जानेक्रम बालचनपुर भन्ने स्थानमा गाडी अनियन्त्रित भई दुर्घटना भएको थियोे । रौतहटमा थुनुवा लिएर म्याद लिन जाँदै गरेको प्रहरीको भ्यान दुर्घटना हुँदा विभिन्न मुद्दाका चार जना आरोपी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका ६ जना प्रहरीसहित प्रहरी गाडीमा चालकसहित १० जना रहेका थिए ।