मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १० मंगलबार १८:२७:००
Read Time : < 1 मिनेट
समाचार

तराई-मधेसका जिल्ला जोड्ने गरी पर्यटन मैत्री वातावरण बनाउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १० मंगलबार १८:२७:००

तराई मधेसका २२ वटै जिल्लालाई जोड्दै पर्यटन मैत्री वातावरण निर्माण गराउन माग गर्दै भिजिट मधेस नेपालले नेपाल पर्यटन बोर्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ । राष्ट्रिय संयोजक ओमप्रकाश सरार्फलगायतले ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा तराई मधेसको पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीलाई गरिएको छ । उनले तराई मधेसमा पनि प्राथमिकताका साथ कार्यक्रम गर्ने, त्यहाँका गन्तव्यलाई संरक्षण र प्रवर्द्धन गरिने बताए । उनले भिजिट मधेससँग सहकार्य गर्ने इच्छा पनि व्यक्त गरे ।