मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १० मंगलबार १६:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रदेश र स्थानीय सरकारले संविधानमा तोकिएको सबै अधिकार पाएका छन : मन्त्री पण्डित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १० मंगलबार १६:१६:००

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानले व्यवस्था गरेको सबै अधिकार प्रदेश र स्थानीय तहलाई दिएको दावी गरेका छन् । प्रदेश र स्थानीय तहलाई संघीय सरकारभन्दा आफू अलग रहेको नठान्न पनि उनले आग्रह गरे ।

संविधानले तीन वटै तहको सरकारलाई सहकार्यमा अघि बढन निर्दिष्ट गरेकाले संघ, प्रदेश र स्थानीय तहको सरकारलाई एक अर्काबाट अलग रहेको ठान्न नमिल्ने उनको भनाई थियो । 

ललितपुर महानगरपालिकाको चौंथो नगरसभामा बोल्दै मंगलबार मन्त्री पण्डितले पर्याप्त अधिकार दिइएकोले प्रदेश र स्थानीय तहलाई त्यसको भरपुर उपयोग गर्न आग्रह गरे । उनले संघीय सरकार प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर संघीयतालाई इमान्दारिताका साथ कार्यान्वयनमा लैजान प्रतिवद्ध रहेको बताए । 

मन्त्री पण्डितले केहीले सिंहदरबारको अधिकार गाउँमा नपुगेको भने पनि त्यसमा सत्यता नरहेको उल्लेख गरे ।