मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १० मंगलबार ११:२२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सुरक्षाकर्मीको मन पनि कमलो हुन्छ : गैरे सुरेश

अलग पाटो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १० मंगलबार ११:२२:००

किन हजुर नबोलेको, यहाँ देशको छ चिन्ता, तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ, मर्ने कसैलाई रहर हुँदैनजस्ता चर्चामा आएका गीतका संगीतकार हुन्, गैरे सुरेश । उनको अर्र्को पाटो पनि छ, उनी सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) हुन् । नयाँ पत्रिकाकर्मी सुनिता खनालले संगीतभन्दा फरक पाटोमा उनीसँग गरेको कुराकानी :

प्रहरी सेवा र संगीतकर्म दुवै काम भ्याउनुहुन्छ ? यो रुचि वा बाध्यता के हो ?
एउटै मान्छेका फरक–फरक रुचि, फरक–फरक बाध्यता र फरक–फरक पेसा हुन्छन् । यत्ति भन्छु, मेरो पेसा राष्ट्रसेवा हो भने संगीत रुचिको विषय । 

सुरक्षाकर्मी कठोर हुन्छन्, भनिन्छ । तर, गीत–संगीतका सर्जक र पारखी त भावनामा बग्छन्, यी दुई चरित्र एउटै व्यक्तिमा कसरी सम्भव छ ?

सिर्जनामा त्यस्तो हुँदैन । एउटै मानिस पनि फरक–फरक रोलमा काम गरिरहेको हुन्छ । बुबासँग छोरा र श्रीमतीसँग श्रीमान्को रूपमा उसको भूमिका हुन्छ । त्यस्तै, पेसामा मेरो फरक दायित्व हुन्छ । संगीत फरक प्यासन हो । आन्तरिक रूपमा मन त सबैको कमलो नै हुन्छ । साधारणतया, नौनी त कमलो नै हुन्छ नि ! त्यसैले, सुरक्षाकर्मीको मन कठोर हुन्छ भन्नु भ्रम मात्रै हो । बर्दी लगाइसकेपछि अब यतिबेरसम्म ड्युटीमा दृढ हुनुपर्छ भन्ने दृढता मात्र हो त्यो । 

गीत कम्पोज गर्दागर्दै अकस्मात् कुनै घटना भएर कहिल्यै ड्युटीमा जानुपरेको छ ?

धेरैपटक भएको छ । हालैको कुरा कम्पोज सेटिङमा बस्दै गर्दा  अनामनगरमा बम ब्लास्ट भएर दौडिएको छु । कम्पोजलाई पछि सारियो । यस्तो त सामान्य हो । भइरहन्छ । 

एउटा पेसाले अर्कोलाई ओझेलमा पारेजस्तो  कहिलेकाहीँ लाग्दैन ?

संगीतले पेसालाई ओझेलमा पारेको छैन । तर, संगीतमा जति रुचि छ, सोअनुसारको समय दिन सकिरहेको छैन कि भन्ने लाग्छ । यद्यपि, दुवै बत्तीवला पेसा हुन् । एकले अर्कालाई उज्यालो छरिराखेका छन् । संगीतकार सर र डिएसपी सर दुवै नामले पुकारिन्छु ।