Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अशोक पहाडी
२०७५ मङ्सिर २७ बिहीबार ११:४६:००
Read Time : < 1 मिनेट
प्रदेश

नेकपा प्रदेश २ कमिटी सदस्यले गरे सपथग्रहण

Read Time : < 1 मिनेट
अशोक पहाडी
२०७५ मङ्सिर २७ बिहीबार ११:४६:००

नेकपा प्रदेश २ कमिटी सदस्यले बिहीबार राैतहटकाे चन्द्रनिगाहपुरमा अायाेजित कार्यक्रममा सपथ ग्रहण गरेका छन् ।

प्रदेश अध्यक्ष प्रभु साहले सदस्यलार्इ सपथ गराएका थिए । कार्यक्रममा प्रदेश इन्चार्ज सत्यनाराण मण्डलले पछिल्लो समय प्रदेश २ प्रतिक्रियावादी र विदेशीको क्रिडास्थल बनेका कारण जटिल समस्या उत्पन्न हुँदै गएको बताए ।

प्रदेश २ बिदेशी शक्तिको चलखेलको केन्द्र बनेको बताउँदै मण्डलले त्यसको रोकथामका लागि नेकपाले कदम चाल्ने बताए । मण्डलले प्रदेश २ मा कम्युनिष्टको एकल सरकार बनाउने प्रयासमा लाग्न सदस्यहरुलाई निर्देशन दिए । भर्खरै प्रदेश कमिटी बनेको र चाडै जिल्ला तथा स्थानीय कमिटी बनाउनका लागि पार्टीले पहल थाल्ने उनले बताए ।

कार्यक्रममा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले देशलाई नेतृत्व प्रदान गर्न सक्ने क्षमता प्रदेश २ मा रहेको उल्लेख गर्दै सदस्यले तल्लो स्तर सम्म हुने विकास निर्माणको कामको लेखा जोखा गरेर प्रदेशलाई भ्रष्टचार मुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बद्री न्यौपाने, प्रदेश सचिव सुमन प्याकुरेल, सह इन्चार्ज विश्वनाथ साहले भनाइ राखेका थिए ।

प्रदेश बैठकले जनकपुरमा पार्टीको प्रदेश कार्यालय भवन निर्माणको काम तत्कालै थाल्ने निर्णय गरेको केन्द्रीय सदस्य युवराज