१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ असार १० मंगलबार ०८:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

विप्लव समूहद्वारा दुई वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

Read Time : < 1 मिनेट
२०७६ असार १० मंगलबार ०८:१९:००

विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अछामको ढकारी गाउँपालिका-५ र पञ्चदेवल विनायक नगरपालिका-३ को वडा कार्यालयमा आगजनी गरेको छ । आगजनीका कारण दुबै वडा कार्यालयमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार आगजनीका कारण पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ३ मा १ थान कम्यूटर, १ थान प्रीन्टर र कुर्सी टेवल लगायतका फर्निचर तथा अन्य कार्यालयका सबै कागजात जलेर नष्ट भएका छन् ।

मंगलवार बिहान २ बजेतिर विप्लव समूहका ५/६ जना आएर वडा सचिव महाजित विकको कार्यकक्षमा पेट्रोल छर्केर आगो लगाउनुका साथै वडाध्यक्ष सुरेन्द्र कुमार शाहीको कार्यकक्षमा समेत तोडफोड गरिएको डीएसपी शाहीले बताए । 

उता ढकारी गाउँपालिका वडा नम्बर ५ तिखानमा रहेको कार्यालयमा विप्लवका कार्यकर्ताले गरेको आगजनीका कारण कार्यालय नै ध्वस्त भएको खबर छ । तर ढकारी प्रहरी चौकिबाट दुई घण्टाको पैदल दुरीमा रहेको वडा नम्बर ५ मा प्रहरी पुगेर घटनाको विवरण संकलन गरिरहेकाले क्षतिको पूर्ण विवरण आउन सकेको छैन । 

दुबै घटनामा विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनसरकार प्रमुख निरक शाही लगायतको संलग्नता रहेको भन्दै प्रहरीले उनको समूहलाई तत्काल पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । 

डीएसपी शाहीका अनुसार आगजनीपछि उनीहरुलाई पक्राउ गर्न सम्भावित ठाउँमा ठुलो संख्यामा प्रहरी खटाइएको छ । तर विप्लव समूहका जनसरकार प्रमुख निरक शाहीले भने घटनाबारे खुल्न मानेनन् । उनले आगजनी जनताले गरेको हुनसक्ने भन्दै यसबारे अहिले नै केही भन्न नसकिने बताए ।